फेसबुकमा अव ‘सी फर्ष्ट फिचर’, आफ्नो फिड आफै निर्धारण गर्न पाइने

एजेन्सी ।

संसारकै सबैभन्दा लोकप्रिय र विशाल सामाजिक सञ्जाल फेसबुकले प्रयोगकर्ताहरुलाई नयाँ सुविधा दिएको छ ।


अव फेसबुकले आफ्ना प्रयोगकर्ताहरुले आफ्नो वालमा के के देखिने वा के नदेखिने भनेर सजिलै निर्धारण गर्ने ‘सी फर्ष्ट फिचर’ उपलब्ध गराएको छ जस अनुसार आफ्नो वालमा आउने फिड आफै निर्धारण गर्न पाइने छ ।

Facebook User Privacy (1)

फेसबुकले अहिले सम्म आफै गरेको काम प्रयोगकर्तालाई नै छोडेको छ । फिडमा नियन्त्रण बढेपछि प्रयोगकर्ताले नचाहेका कुरालाई निषेध गर्न सक्नेछन् भने चाहेका कुरालाई नछुट्ने बनाउन सक्छन् ।

तपाइँको फेसबुक पेजमा भएका पेज मध्ये पनि प्राथमिकता छनौट गरेर ‘सी फर्स्ट’ अनुसार फिड आउने बनाउन सकिन्छ ।

facebook new feature who deleted me on fb

यस अघि पिनटपको सुविधा दिएको फेसबकले अव भने प्रयोगकर्तालाई नै सर्वाधिकार सम्पन्न बनाइदिएको छ । तत्कालका लागि आइओस भएका आइफोन लगायतका उपकरणमा मात्र उपलब्ध भएपनि अव एन्ड्रोइड र डेस्कटप भर्सनमा पनि यो छिटै आउने जानकारी फेसबुकले दिएको छ ।

,

0 comments

Write Down Your Responses