यस्ता छन् नारीको ३२ लक्षण

नेपाली समाजमा नारीका स्वभाव, बोली र ब्यबहारलाई लिएर विभिन्न आकलन गर्ने गरिएको छ । हिन्दु धर्मका विभिन्न शास्त्रमा पनि नारीका ३२ लक्षणहरुलाई लिएर चर्चा गरिएको छ । तर, ति लक्षणहरु त्यती चित्तबुझ्दा भने छैनन् । पछिल्लो समय त झन ति लक्षण र स्वभावको चर्चा गरिन छाडेको छ । सबैले बिर्सिदै गउको नारीका ३२ लक्षण कस्ता छन् । र, ति लक्षणसँगे थोरै बिश्लेषण गर्ने जमर्को गरेका छौं । शास्त्रमा उल्लेख गरिएका नारीका ३२ लक्षण :

१.पद्मासनमा बस्दा वृत्ताकार गोलो आसनमा देखिने :
महिलाको बसाईलाई आधार मानेर उसको एक लक्षण मापन गरिएको छ । तर, एउटी नारकिो बसाइ कत्तिको गोलाकार छ वा छैन भन्ने मापन गसरी गर्ने त्यो भने उल्लेख गरिएको छैन ।
२. हातका औंला :
नरीका हातका औलालाई आधार बनाएर उसको अर्को लक्षण मापन गरिएको छ । हातका औला लामा लामा हुने नारी लक्षणकी हुन्छे भनिएको छ । अनौठो कुरा यहाँ पनि कति लम्बाईका औलालाई नारकिो लक्षण भन्ने भनेर उल्लेख गरिएको छैन ।
३. औंलाका काप :
औलाको लम्बाई मात्रै होईन उसका औलाका कापलाई लिएर पनि नारीका लक्षण अंकन गरिएको छ । हातमा औला एक अर्कामा जोड्दा टम्म मिल्ने नारी लक्षिण्की हुन्छे भनेर भनिउको छ ।
४. छालाको नरमपना :
नरम छाला भएकी नारी लक्षणकी हुन्छे भनिएको छ । जसको छाला उमेर ढल्किदा पनि मुहारमा युवाअवस्थाको जस्तै तेज हुनु पर्ने छ ।
तर, अचम्म के छ भने छालाको तेजलाइृ केले मापन गर्छ र कति बर्षपछि महिलाको उमेर ढल्कने हो ? त्यसका बारेमा भने केही बताइएको छैन ।
५. शरिरमा विभिन्न थरीका सात सुगन्ध :
नरीको शरिरबाट सात सुगनध आउनु पर्छ भनिएको छ । सात सुगन्ध आउने नारी लक्ष्णकी हुन्छे भनेर भनिएता पनि कस्ता खालका गन्ध भनेर उल्लेख गरिएको छैन । यहाँ पनि अचम्म के छ भने सबैलाई एउटै गन्ध सुगन्ध नलाग्न पनि त सक्छ । ति सात सुगन्धलाई कसरी पत्ता लगाउने त्यसका बारेमा पनि शास्त्रमा कतै उल्लेख गरेको पाइदैन ।
६. हरिणका जस्ता खुट्टा :
हरिणका जसता खुट्टा भएकी नारी लक्षणकी हुन्छे भनेर उल्लेख गरिएको छ । तर, आजसम्म मान्छे र हरिणका खुट्टा एकै भेटिएका छैनन् । के आजसम्म लक्षणका नारी जन्मेकै छैनन् त ?
७. गुप्तांग गुप्त रहनु :
८. शरिरको माथिल्लो भाग सिंहको झैं सलक्क मिलेको हुनु :
९. शरिरका अंग सुगठित हुनु :
१०. काँध पुष्ट, चौडा र गोलो हुनु :
११. पाखुरा राम्रोसँग र्फकने :
१२. लामा पाखुरा :
१३. सम्पुर्ण शरिर तेजोमय :
१४. शंखजस्तै घाँटि :
१५. सोझो र सिंहको जस्तो चिउँडो :
१६. बत्तिसवटा दाँत :
१७. दाँत चम्किला :
१८. समान र टमक्क मिलेका दाँत :
१९. स्वच्छ र सुन्दर बंगारा :
२०.लामो जिब्रो :
२१ सानोभन्दा सानोसम्मका विभिन्न स्वाद लिने क्षमता :
२२. भँगेराको जस्तो स्वर :
२३. ब्रह्माको जस्तो मौलिक ज्ञानपूर्ण वाणि :
२४. आँखीभौँ साँढेका जस्ता र नीलकमलको रंगजस्ता :
२५.आँखिभौँका बिचमा कोमल र सुक्ष्म रेखा :
२६. मिलेको केश :
२७.अकबरी सुनजस्तै प्रदीप्त शरिर :
२८. प्रबल र प्रभावशालि व्यक्तित्व :
२९. शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ :
३०. नीलमणिजस्तो कालो र टल्कने केश :
३१. स्तन, नितम्ब, कम्मर आदि सबैका शारिरिक लक्षण आकर्षक :
३२ दृढ स्वभाव :
यस्ता ३२ चिजहरुलाई आधार मानेर नारीका लक्षण र अलक्षण मापन गरिएका छन् । तर, माथी केही बुदामा उल्लेख गरेझै कते पनि ति लक्षणको मापन तरिका र कौशल उल्लेख गरिएको छैन ।

,

0 comments

Write Down Your Responses