अमिताभ र अभिषेेक विरुद्ध मुद्धा

२८ असार, एजेन्सी।

राष्ट्रिय झण्डाको अपमान गरेको भन्दै अमिताभ बच्चन र अभिषेक बच्चनको विरुद्ध मुद्धा परेको छ। मित्र नामक एक गैर सरकारी संगठनमा काम गर्ने चेतन धीमानले क्रिकेट वर्ल्डकपमा भारत-पाकिस्तानको म्याच भएको बखत राष्ट्रिय झण्डाले शरिर ढाकेको भन्दै मुद्धा दायर गरेका थिए।

धीमान तर्फका वकिल संजीव शर्माले अदालतमाई ४ प्रमाणको सूची पेश गरेका थिए। अदालतले बाकीँ प्रमाणको बयान पेश गर्न ३१ जुलाई सम्मको समय दिएको छ।




मुद्धा दर्ता गर्नेको अनुसार अमिताभ बच्चन झण्डाको साथ भारतको जीतको खुशी मनाउदै थिए। यो भन्दा पहिले सन् २०११ को विश्वकपमा पनि भारतको जीतको बखत अभिषेक बच्चनले झण्डाले शरिर बेरेर खुशी मनाएका थिए।



नेशनल अनर एक्ट 1971 र फ्याग कोड २००२ अनुसार यो मुद्धा दर्ता गरिएको हो। धीमानले दोषीहरुलाई अदालतमा पेश गरेर आवश्यक कारबाहीको माग गरेका छन्।

यस अघि पनि अमिताभ सहित माधुरी र प्रिती विरुद्ध म्यागी चाउचाउको विज्ञापनलाई लिएर मुद्धा दर्ता भएको थियो।

,

0 comments

Write Down Your Responses