'केटाहरूले आँट गरेका छैनन्'

नेपालीमा रेस्लिङ खासै स्थापित छैन। तापनि पहिलो महिला रेस्लर बन्ने मौका पाएकी छन् भगवती खड्का (युनिका)ले। उनी रामेछापको गेलुमा २०४५ सालमा जन्मेकी हुन्।

२०६९ सालमा पहिलोपटक अमेरिकाकी महिला रेस्लर दी ग्रेट छेनीसँग अर्घाखाँचीमा आयोजित प्रतियोगितामा खेलेकी उनले अहिलेसम्म लगभग एक दर्जन रेस्लिङ भिडन्तमा भाग लिइसकेकी छन्।

अहिले उनी ओहियो भ्याली रेस्लिङमा १० हप्ते रेस्लिङ प्रशिक्षणका लागि अमेरिका जाने तयारीमा छिन्।

पहिलो महिला रेस्लरका रूपमा चिनिन पाउँदा कस्तो लाग्छ ?      
खुसी लाग्छ। देशकै पहिलो महिला रेस्लरका रूपमा चिनिनु मेरो लागि गौरवको विषय हो।

यो क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?      
सानो छँदा मलाई गायिका बन्ने रहर थियो । तर म अलि ज्यांगो भएकाले साथीहरूले खेलाडी बन भनेर प्रेरणा दिएपछि भारोत्तोलनमा लागेँ । भारोत्तोलनपछि रेस्लिङ सुरु गरेको हुँ।

नेपालमा रेस्लर बन्नुु त रहरमात्रै त हो नि ?      
अहिले त रहरजस्तो मात्रै छ तर यो क्षेत्रमा पैसाका लागि भनेर लाग्ने होइन। पैसा कमाउनमात्रै हो भने त जसरी पनि सकिन्छ।

व्यावसायिक रूपमा लाग्न सकिएन भने के अर्थ हुन्छ र?      
रेस्लिङलाई व्यावसायिक रूपमा अगाडि बढाउन मैले नेपाल गल्र्स रेस्टलिङ फाउन्डेसन दर्ता गरेको छु। भविष्यप्रति म आशावादी पनि छु।
मेरो ज्यांगो शरीर देखेर र रेस्लर हो भन्ने थाहा पाएर होला, केटाहरूले मलाई जिस्क्याउने आँट गरेका छैनन्।
यो क्षेत्रमा नलागेको भए हुन्थ्योजस्तो लाग्दैन ?      
मलाई त्यस्तो त लागेको छैन। मैले जे गरेँ ठीक गरेँजस्तै लाग्छ। डब्लूडब्लूई खेल्ने मेरो सपना साकार पार्न मेहनत गरिरहेकी छु।

अहिलेसम्मको खास उपलब्धि?      
पहिलो महिला रेस्लरका रूपमा जतिले चिन्छन्, त्यसबाट खुसी र सन्तुष्ट छु। गर्नु अझै धेरै छ।

नेपालमा महिला रेस्लरका लागि चुनौती ?      
अन्य क्षेत्रमा त महिलालाई चुनौती छ भने यो क्षेत्रमा नहुने कुरै भएन । तर चुनौतीका बीचबाट अगाडि बढ्नुको मजा नै बेग्लै हुन्छ।

अमेरिकामा खास कस्तो प्रशिक्षण लिँदै हुनुहुन्छ?      
म अहिले व्यावसायिक रूपमा खेल्नसक्ने भएकी छु। तापनि आफूमा पूर्णता र दक्षता ल्याउन यस्ता अन्तर्राष्ट्रिय प्रशिक्षण आवश्यक छ। अमेरिका रेस्लिङका लागि गन्तव्य मुलुक पनि हो।

अभिनय, गायन र रेस्लिङमध्ये कुन विधा प्रिय लाग्छ?      
अहिले त मलाई रेस्लिङ नै प्रिय लाग्छ। हुन त अभिनय र गायनमा पनि मैले त्यत्तिकै समय दिएको छु। तापनि मेरो रोजाइ र प्राथमिकता अब रेस्लिङ हुनेछ।

केटाहरूले कत्तिको जिस्क्याउँछन् ?
मेरो ज्यांगो शरीर देखेर र रेस्लर हो भन्ने थाहा पाएर होला, केटाहरूले मलाई जिस्क्याउने आँट गरेका छैनन्।

जीवनको लक्ष्य ?
नेपालमा रेस्लिङलाई व्यावसायिक बनाएर त्यसबाट प्राप्त रकमले क्यान्सरपीडितका लागि सेवा गर्ने लक्ष्य लिएकी छु।

क्यान्सरपीडितको सेवा नै किन ?
मेरी आमाले क्यान्सरका कारण यो संसार छाड्नु पर्‍यो। मलाई जन्माएर, हुर्काएर यो संसारमा स्थापित गर्ने आमा क्यान्सरपीडित भएकाले मलाई उनीहरूको पीडा थाहा छ।
annapurnapost

,

0 comments

Write Down Your Responses