उडिरहेको टर्किस एयरलाइन्समा नेपाली यात्रु बेहोस भएपछि…

काठमाडौं २९, असार । काठमाडौंबाट इस्तानबुलका लागि उडेको विमानमा नेपाली विरामी परेपछि तुर्केमिनिस्तान डाइभर्ट गरिएको छ । मंगलबार विहान ७.४५ मा उडेको बिमानमा
नेपाली यात्रु मोहनबहादुर ब्रजाचार्य अचेत भएपछि विमान डाइभर्ट गरिएको हो ।



डाइभर्ट गरिएको विमान नेपाली समयअनुसार विहान ११.४५ बजे तुर्केमिनिस्तानमा ल्याण्ड गरिएको थियो । उनलाई विमान अवतरण  गरेलगतै अस्पताल लगिएको छ ।

,

0 comments

Write Down Your Responses