लतासा मृत्युको रहस्य

असार २३ गते धापासीमा भएकोे एक घटनाले अहिले निकै चर्चा पाएको छ। घटना भएकोे चार दिनपछि मिडियामा आएको यो घटना आज आठौं दिनमा पुग्दा जताततै फैलियो। धापासिमा आफ्नै श्रीमान्, सासू र नन्दसँग सात महिनादेखिसँगै बस्दै आएकी नेपाली सेनाका मेजर विष्णु कार्कीकी २२ वर्षिया श्रीमती लतासा कार्कीले असार २३ गते आफ्नै घरको छतबाट हामफालेर मृत्यु भएको घटनाले अहिले चर्चा पाएको हो। श्रीमान् मेजर, उनी एभरेस्ट इन्जिनियरिङ कलेज सितापाईलामा स्नातक तेस्रो वर्ष बढ्दै गरेकी थिइन् तर कसरी भयो त घटना भन्नेमा सबैले शंका उपशंका गर्न थालेका छन्। माइती पक्षले छोरीको आत्महत्या होइन हत्या नै हो भनेका छन।् तर केटा पक्षले उनले घरको क्षतबाट हाम फालेर आत्महत्या नै गरेकी हुन् भनेका छन्। आखिर यो के हो त, लतासाले आत्महत्या नै गरेकी हुन् त? यो कुराको अझै टुंगो लाग्न सकेको छैन्।

लतासाको माइती पक्ष उनका कलेजमा सँगै पढ्ने साथीहरु र उनकी सासु, श्रीमान् र छिमेकीका कुराहरु लेखेको पढ्दा कुनै कुरामा एकता छैन्। कसरी भन्ने कि लतासाले आत्महत्या नै गरेकी हुन् भनेर। जो कोहीले पनि भन्न सक्छ यस्तो कुरालाई अस्ती सम्म थाहा नपाएका छिमेकीले आज छतबाट खसेको आफ्नै आँखाले देखेको कुरा गरिरहेका छन्। अस्तीसम्म केही थाहा नपाउने सासूले आज आफ्नी बुहारी भगवान् थिइन्, असाध्यै माया गर्थिन् भनेकी छन्। जब कि लतासाले आफ्नी आमालाई मैले सासूलाई कसै गरेपनि खुसी पार्न सकिने मामु भने बारम्बार भनेको कुरा पनि समाचारमा आएको छ। श्रीमान्ले बेला बेला पिडा दिँदा परिवारले नराम्रो मान्दा पनि उनी किन सहेर बसिन्?

घरको छतबाट नै उनले हाम फालेको भए त्यो ठाँउमा अरु छिमेकी पनि जम्मा हुन्थे होला, हल्लाखल्ला मचिन्थ्यो होला। पछाडिको टाउको फुटेको छ भने रगत पनि हुन्थ्यो होला। त्यस्तो पनि केही देखिएन भनेर माइती पक्षले भनेका छन् भने केटा पक्षका मान्छेले रगत पानी परेर पखालेको कुरा गरेका छन्। यदि पानी परेर पखालेको भए पनि कहाँ जान्थ्यो त्यत्रो हाम फालेको टाउको फुटेको छ।

लतासाका माइतीले भनेका धेरै कुरामा मेजर कार्कीले मुखै खोलेका छैन्। आखिर किन यस्तो, के हो त लतासाको मृत्यु। यसमा परिवार र उनका श्रीमान् नेपाली सेनाका मेजर विष्णु कार्कीको केही संलग्नता छैन्? उनले छतबाट हामफाले कै भए पनि किन यस्तो गरिन् त? लतासासँगै पढ्ने कलेजका साथीहरुले पनि यी प्रश्नहरु गरिरहेका छन्।

सामान्य परिवारमा यस्तो घटना घटेपछि उस्लाई त्यसै दिन समातेर प्रहरीको खोरमा ल्याइन्थ्यो होला तर मेजर कार्की भने घटना भएको चार दिनसम्म बेपत्ता हुँदा पनि केही भएन। के हाम्रो नेपालमा पदको आधारमा पनि न्याय र अन्याय छुटाइन्छ र, यसको पनि जवाफ दिन जरुरी छ। एउटी छोरीले यसरी पीडाबीच आत्महत्या गर्न बाध्य हुन्छ उसलाई कस्ले बचाउने? परिवार, समाज, आफन्त, अंह कसैले सक्तैन।

यदि यो घटना यतिकै साम्य हुन्छ, सबैले यस्लाई सामान्य रुपमा लिएर लुकाउने काम गरिन्छ र धाक र धम्कीमा हराउँछ भने यस्ता घटनाहरु बारम्बार दोहोरी नै रहने छन्। आज लतासाको परिवारमा परेको दुख भोली हाम्रो परिवारमा पनि यस्तो घटना नहोला भन्न सकिन्न।


setopati.com

,

0 comments

Write Down Your Responses