अब यसरी चलाउनुहोस् टेलिकमको सस्तो इन्टरनेट !

२०७२ असार २२ गते


काठमाडौं, २२ असार । दुरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले ग्राहकका लागि सस्तो दरमा इन्टरसेवा उपलब्ध गराउन नयाँ अफर ल्याएको छ ।
आफ्ना ग्राहक डेढ करोड नाघेको अवसरमा टेलिकमलाई सस्तो इन्टरनेट सेवा दिने गरी नयाँ अफर लागू गरेको हो । जस अनुसार अब ग्राहकले २४ घण्टामा १० रुपैयाँमै इन्टरनेट चलाउन सक्नेछन् ।
यसरी चलाउन सकिन्छ टेलिकमको सस्तो इन्टरनेट सेवा :
WiFI Hotspots प्रयोग गरिरहनु भएको छ ?
विभिन्न स्थानमा वाइफाई हटस्पटमार्फत इन्टरनेट चलाउन सकिन्छ । ती स्थानमा WiFi मार्फत इन्टरनेट चलाउनको लागि GSM तथा CDMA पोष्टपेड/प्रिपेड मोवाइलको म्यासेज बक्समा गई WiFi टाइप गरी १४१६ मा म्यासेज पठाएपछि प्राप्त हुने पासवर्ड प्रयोग गर्न सकिन्छ । उक्त पासवर्डबाट एक घण्टासम्म इन्टरनेट चलाउन सकिन्छ भने सो पासवर्डको भ्यालिडिटी पिरियड २४ घण्टा कायम रहन्छ । साथै उक्त सेवा प्रयोग गरे वापत ग्राहकहरुको मोबाइलबाटै रु. १०।– कट्टा हुन्छ ।
नेपालभर रहेका WiFi Hotspots को जानकारी लिनका लागि NT Hotspot Locator नामक Mobile APP उपलब्ध छ । यसको प्रयोग गरेर आफु नजिक रहेका WiFi Hotspots बारेमा थाहा पाउनुका साथै WiFi Hotspots Service Subscribe समेत गर्न सकिन्छ ।
स्रोत - दैनिक नेपाल

0 comments

Write Down Your Responses