सलमान खान पुरानी गर्लफ्रेण्डसँग भेटिए

एजेन्सी ।

सलमानले आफ्नी पछिल्ली प्रेमिका लुलिया बन्तुरसँग सम्बन्ध तोडेको चर्चा सेलाउन नपाउँदै उनी पुराना प्रेमिकासँग नजिकिन थालेको चर्चा बलिउडमा शुरु भएको छ ।

उनी क्याट्रिना कैफसँग नभएर पुरानी प्रेमिका संगीता विजलानीसँग नजिकिइरहेको बलिउड सञ्चार माध्यमले जनाएका छन् ।



पर्दाफास डटकमका अनुसार रोमानियाली प्रेमिकासँग सम्बन्ध तोडेका सलमान संगीतासँग पुनः नजिक भएका छन् । दक्षिणको चलचित्र बाहुबलीको विशेष स्क्रिनिङका क्रममा संगीता र सलमान एउटै कारमा देखिएपछि उनीहरु पुनः नजिकिको भन्ने हल्लालाई बल पुगेको छ ।



सलमानले संगीताको घर सम्मै गएर उनकै घरमा खाना खाएको समेत समाचारमा जनाइएको छ । यस अघि सलमानको घरमा संगीतालाई देखिएको थियो ।

,

0 comments

Write Down Your Responses