छोटा राजनलार्इ मार्ने अन्डरवर्ल्ड डन दाउदको योजना असफल

२०७२ असार १८  शुक्रवार


एजेन्सी : अन्डरवर्ल्ड डन दाउ इब्राहिमले दाहिने हात बताइने छोटा सकिलले आफ्नो पुराना दुस्मन छोटा राजनलार्इ मार्ने पछिल्लो प्रयास असफल भएको छ ।

नेपालमा समेत अपराधिक घटना गराइरहने छोटा राजनलार्इ मार्ने योजनामा कयौं पटक असफल हुँदै आएका दाउदले आफ्ना सहयोगी सकिलमार्फत गरेको पछिल्लो प्रयास पनि असफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
 दाउद इब्राहिमसँग छोटा राजन
सकिलले छोटा राजन बसेको स्थान समेत पत्ता लगाएको अवस्थामा हत्या गर्ने योजना असफल भएको हो । 'हिन्दू डन' का रुपमा पनि चिनिने छोटा राजन लुकेको ठाउँ पत्ता लागेपछ दाउदको योजना फेल खाएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका हुन् ।

छोटा राजनलार्इ केही सालअघि थाइल्यान्डको बैंककमा आफूमाथि भएको हमलाजस्तै एक पटक फेरि हमला हुने खबर पाएका थिए । आफूमाथि हमला हुने जानकारी पाउनेबित्तिकै छोटा राजन भूमिगत भएका थिए ।

छोटा सकिलले राजनको ज्यान लिएर आफ्ना बोस दाउदलार्इ खुसी बनाउने योजना बनाएका थिए । भारतीय प्रहरीले इन्टरसेप्ट गरेको फोन कल्सबाट यसै सालक अप्रिलमा पाकिस्तानको कराँचीबाट भारतको एक खास स्थानमा धेरै पटक फोन गरेको रहस्य खुलेको थियो ।

भारतीय जासुसी संस्थाहरुले लगातार दाउदसँग जोडिएका नातागोता र परिवारको निगरानी गरिरहेका छन् । भारतीय जासुसी संस्थाहरुले हिन्दी र उर्दू भाषामा टेलिफोनमा गरेको कुराकानी पटक पटक सुनेको थियो । भारतीय जासुसी संस्थाले गरेको फोन इन्टरसेप्टबाट छोटा राजनलार्इ मार्ने दाउदको योजना पत्ता लगाएको हो ।

हत्याको योजना बनाएपछि दाउदका निकटवर्तीले छोटा राजनका नजिकका सहयोगीलार्इ समेत हात लिइसकेको अवस्थामा हत्या योजना तुहिन पुगेको हो ।

फोनमा नै राजनका नजिकका मानिसलार्इ उनको ठेगाना बताउनका लागि प्रलोभन देखाइएको थियो । सकिलले राजनका साथीलार्इ गतिलो पुरस्कार दिने पनि प्रतिबद्धता जनाएका थिए ।

'छोटा राजन हामीलार्इ गलत बनाएर आफू देशभक्त बन्छ । पछिल्लो पटक हामी सानो कुराले चुकेका थियौं', उनले भनेका थिए, 'यो पटक तिमीले हामीलार्इ मद्धत गर । हामी हाम्रो योजनामा कुनै गल्ती गर्दैनौं ,' उनले राजनका साथीको समेत पूरा ख्याल गर्ने बाचा गरेका थिए ।

दाउद इब्राहिमसँग छोटा राजन
प्रलोभनमा परेका राजनका सहयोगीले तत्कालै छोटा राजन बसेको ठाउँबारे बताइदिएका थिए । उनले छोटा राजन पछिल्लो पटक अस्ट्रेलियको न्युकासलमा रहेको सूचना दाउदलार्इ दिएका थिए ।

राजन अस्ट्रेलियमा रहेको सूचना पाएपछि सकिलले मध्यपूर्वको एक देशबाट तत्कालै अस्ट्रेलिया पठाएको भारतीय जासुसी संस्थाको अनुसन्धानबाट खुलेको छ ।

यो पटक आफ्नो योजना सफल हुनेमा सकिललार्इ पूर्ण विश्वास थियो । तर यो पटक भाग्यले सकिललार्इ धोका दियो । यो पटक छोटा राजनका एक शुभचिन्तकले सकिलको योजनाको जानकारी राजनसम्म पुर्याइदिए ।

 खबर पाउनेवित्तिकै छोटा राजन भूमिगत भए । केही घन्टामै छोटा राजन अस्ट्रेलियाबाट अर्को देशमा पुग्न सफल भए । जसको सुइँको सम्म सकिलले पाउन सकेनन् ।

 राजनमाथि पहिले पनि पटक पटक आक्रमण हुँदै आएको छ । तर उनी हरेक पटक बाँच्दै आएका छन् । सन् २००० मा दाउदका मानिसले बैंककको एक ब्यस्त बजारमै उनलार्इ घेरा हालेर गोली हानेका थिए ।

घेरा हालेपछि उनलार्इ गोली समेत लागेको थियो । गोली लागेर गम्भीर घाइते उनले ज्यान त बचाए तर शारीरिकरुपमा तन्दुरुस्त हुन सकेनन् । त्यही घटनादेखि छोटा राजन कडा सुरक्षाबीच बस्दै आएका छन् । जसको जानकारी डि कम्पनीले त्यति सजिलै पाउने अवस्था छैन ।

0 comments

Write Down Your Responses