दिदी नमानेपछि बहिनीको बलात्कार

२७ असार, काभ्रे ।

दिदीलाई फकाएर बलात्कार गर्न खोज्दा नमानेपछि ७० वर्षीय एक वृद्धले ९ वर्षीया बालिकालाई बलात्कार गरेका छन् ।

बलात्कारपछि स्थानीयले मिलापत्र गरेपनि बालिकाको मानसिक सन्तुलन गुमेपछि मात्रै बलात्कार भएको रहस्य खुलेको हो ।

सिन्धुली जिल्ला मझुवा गाविस ५ का ९ वर्षीय बालिकालाई सोही स्थानमा ७० वर्षे वृद्ध सोमबहादुर राईले असार १ गते दिउँसो जंगलमा लगेर बलात्कार गरेका थिए ।



ती बालिकाकी दिदीलाई १ सय रुपैयाँ दिन्छु सुत्न आउ भनेपछि उनले नमानेपछि ती बृद्धले बहिनी बलात्कार गरेका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

0 comments

Write Down Your Responses