चीनमा शक्तिशाली समुद्री आँधी,११ लाख मानिसलाई सारियो -

चीनमा आएको शक्तिशाली समुद्री आँधीले ११ लाख मानिस विस्थापित भएका छन्। १ सय ७३ किलोमिटर प्रति घन्टाको वेगमा आएको आँधीको प्रभावबाट बच्न पूर्वी तटीय क्षेत्रका करिब ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको अन्तर्राष्ट्रिय समाचार संस्था सिन्ह्वाले जनाएको छ।

‘चान होम’ नाम दिइएको आँधीका कारण पूर्वी झेजियाङ प्रान्तमा भूस्खलनसमेत भएको समाचारमा जनाइएको छ। आँधी प्रभावित अरु क्षेत्रमा समेत बाढी र पहिरो आउने अनुमान गरिएको छ। करिब ४ सय हवाई उडान र सयभन्दा बढी रेल सेवा पनि रद्द भएको एजेन्सीलाई उदृत गर्दै आज प्रकाशित दैनिक पत्रपत्रिकाले खबर छापेका छन्। तस्वीर : सेतोपाटी

,

0 comments

Write Down Your Responses