नयाँ नयाँ आविष्कारका लागि मुसा नै किन ?
सोमबार 21 आषाढ, 2072
काठमाडौं, आषाढ २० । नयाँ औषधी परीक्षण गर्न होस वा नयाँ पोषणयुक्त उत्पादन परीक्षणका लागि प्राय जसो बैज्ञानिकहरुले मुसामा परीक्षण गर्छन् ।
मुसामा हुने थुप्रै गुणहरुका कारण बैज्ञानिक तथा अन्वेषकहरु मुसामा परीक्षण गर्छन् ।
मुसाहरु साना हुने, सजिलै घरमा पाल्न सकिने, सजिलै नयाँ वातावरणमा घुलमिल हुनुका साथै प्रजनन प्रक्रिया पनि निकै छिटो हुन्छ ।
त्यसैगरी, यसको आयु पनि छोटो हुने हुँदा छोटो अवधिमा थुप्रै पुस्ताका मुसाहरुमा अध्ययन गर्न सकिन्छ ।
मुसा उत्पादन गर्न सजिलो र सस्तो हुने भएकाले अध्ययन अनुसन्धानका लागि मुसा उत्पादन गरिन्छ ।
परीक्षणहरुमा मुसा प्रयोग गर्नुको सबैभन्दा मुख कारण मुसाहरुको जेनेटिक, जैविक तथा ब्यबहारिक गुण मानिसहरुसंग मिल्नु हो ।
मानिसमा देखिने थुप्रै लक्षणहरु मुसामा पनि देखिने हुँदा बैज्ञानिकहरु यस्ता मुसा उत्पादन गर्नमा सफल पनि भएका छन् ।
जसको जीनमा सामान्य परिवर्तन गरी मानिसमा लाग्ने रोगहरुका लक्षणहरु मुसामा पनि देखाउन सकिन्छ ।
यसरी मुसाहरुको बारेमा धेरै कुरा जानकारी भएकाले पनि मुसाहरुलाई अध्ययन अनुसन्धानमा प्रयोग गर्न सजिलो भएको हो ।
यस अर्थमा आधुनिक चिकित्साशास्त्रमा मुसाको महत्वपूर्ण योगदान छ ।
वास्तवमा भन्न्ने हो भने ९५ प्रतिशत नयाँ औषधीहरु सर्वप्रथम मुसामा परीक्षण गरिएको मान्यता छ । –एजेन्सी
0 comments
Write Down Your Responses