प्रेमीलाई रुखमा बाँधेर किशोरीको सामूहिक बलात्कार

एजेन्सी । भारतको पश्चिम बंगालमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कार सम्लग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने तीन जना आरोपी फरार रहेका छन् ।
पश्चिम बंगालको मालदा जिल्लामा एक किशोरीमाथि उनकै प्रेमीका अगाडि ५ युवकले सामूहिक बलात्कार गरेका हुन् ।

प्रेमीलाई एउटा रुखमा बाँधेर खेतमा किशोरीलाई खेतमा लगेर सामूहिक बलात्कार गरेका हुन् । प्रेमीका साथमा साईकलमा बाहिर निस्केका बेला यस्तो घटना घटेको हो ।
बाटोमा मोटरसाईकलमा आइरहेका पाँच जनाले उनीहरुलाई रोकेर यस्तो हर्कत गरेका हुन् । किशोरीले मालदा जिल्लास्थित मानिकचक प्रहरीमा उजुरी हालेकी छन् । फरार अभियुक्तहरुको प्रहरीले खोजी गरिरहेको छ ।

0 comments

Write Down Your Responses