डा. भट्टराई भन्छन् : न्याय दिन नसक्ने न्यायाधीशबिरुद्ध म लड्छु
काठमाडौ– सामुहिक बलात्कारमा परेकी पुजा बोहरालाई भेटेपछि डाको छोडेर रोएका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्राईले शनिवार यौन हिंसामा परेका बालबालिकाको सेल्टरमा पुगेका छन् । यौन हिंसाको शिकार भएका ३२ बालबालिकालाई ५० हजार नगद सहयोग गर्दै भट्टराईले यौन हिंसाको बिरुद्धमा आफु उत्रिने प्रतिवद्धता पनि जनाएका छन् । एमाओवादी नेतृ तथा पत्नी हिसिला यामीसँग रक्षा नेपालको छात्राबासमा पुगेर भट्टराईले यौनहिंसा जस्तो जघन्य अपराधको बिरुद्धमा आफु लडिरहने बताए ।
रक्षा नेपालकी अध्यक्ष मेनुका थापालाई ५० हजार नगद सहयोग गर्दै भट्टराइले नयाँ संविधानमा यौन हिंसा गर्नेलाई कठा कारवाहीको ब्यवस्था गर्ने समेत बताए । ‘अहिले संविधान निर्माणको बेला छ, यही बेला अधिकार स्थापित गर्न लाग्नु पर्दछ म त्यसका लागि कटिबद्ध छु’ भट्टराईले भने ।
भट्टराईले पिडीतलाई न्याय दिने न्यायाधीश अपराधीहरुको संगतमा परे त्यसविरुद्ध आफु लडने बताएका छन् । उनले भने ‘हाम्रो समाज राम्रो छ तर केही अपराधीक मानसिकताका ब्यक्ति पनि छन् ती बिरुद्ध हाम्रो लडाई रहनेछ ।
.jpg)

0 comments
Write Down Your Responses