शेयर बजार उकालो लाग्यो
३ पुस, काठमाडौ ।
पछिल्लो एकसातादेखि भारी उतारचढाव देखिएको शेयरबजारमा बिहीबार नेप्से परिसूचक सकारात्मक रहेको छ । जलविद्युत र अन्य समूहको परिसूचकमा गिरावट आएपनि कारोबार भएका अधिकांश समूहका परिसूचक सकारात्मक रहेकाले समग्र नेप्से ३ दशमलब चारनौ अंकले बढेर ९ सय ३ दशमलब आठनौ अंकमा पुगेको हो ।
वाणिज्य बैंक, विकास बैंक, होटल, वित्त, बिमा र उत्पादन समूहका परिसूचक सकारात्मक रहेको बिहीबारको कारोबारमा १ सय ३२ कम्पनीका शेयर एक हजार ३ सय २० वटा कारोबारबाट किनबेच भएका छ ।
यसअनुसार ४ लाख ४० हजार ३ सय ५७ कित्ता शेयर १४ करोड ६४ लाख ४४ हजार ६ सय ९३ रुपैंयाँमा खरीदविक्री भएका छन् । नेप्से सकारात्मक रहेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा एक करोड रुपैंयाँले घटेको छ ।
संस्थापक शेयर विक्री भएको विश्व विकास बैंक पौने ३ करोड रुपैंयाँको कारोबार गर्दै कारोबार रकमका आधारमा एभरेष्ट बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी एलाइन्स इन्स्योरेन्सका शेयरधनीले सबैभन्दा बढी गुमाएका छन् भने नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।
.jpg)

0 comments
Write Down Your Responses