पासपोर्ट अब २० दिनमै

काठमाडौ । अब जिल्ला–जिल्लाबाटै २० दिनभित्र राहदानी उपलब्ध भएको छ। परराष्ट्र, अर्थ र गृह मन्त्रालयले हरेक १५ दिनमा संकलित फाराम ल्याउने र तयार रहदानी दिने व्यवस्था अनिवार्य गर्दै सहकार्य गर्ने भएका हुन्।
परराष्ट्र र गृहको समझदारीमा यसअघि पनि त्यसरी वितरण गर्ने भनिए पनि ४५ दिनदेखि तीन महिनासम्म लाग्ने गरेको थियो।
‘अब त्यस्तो हुनेछैन। एमआरपीहरू बेबसाइटमा हुन्छन्, बिग्रेकालाई एसएमएस जान्छ’ राहदानी विभागका ममहानिर्देशक लोकबहादुर थापाले भने ‘हरेक १५ दिनमा जिल्ला जिल्लाबाट आवेदन लिएर आउने र बनेका राहदानी लिएर जाने गरिनेछ।


सार्वजनिक विदा परे पनि विभागले कार्यालय खुला राखेर राहदानी उपलब्ध गराउने र ल्याएको फाराम बुझ्नेछ। राहदानी विभागका अधिकारीका अनुसार अब काठमाडौंमा आएर नारायणहिटीस्थित राहदानी विभागमा पुगी दोब्बर राजश्व अर्थात १० हजार रुपैया तिरेर पासपोर्ट बनाउनु भन्दा आफ्नै जिल्लामा २० दिन भित्र राहदानी लिनु नै राम्रो हुनेछ ।
आठौं दिनमा लिनु र २० दिनमा लिनुमा खासै भिन्नता रहन्न । काठमाडौंसम्मको यात्रा, आफ्नो नागरिकता बनेको जिल्लामा प्रमाणित गर्ने सबै कार्यले गर्दा दुई साताभन्दा बढी नै लाग्ने हुनाले आफूले नागरिकता लिएको जिल्ला वा बसाइँ सरेको जिल्लाबाट नै राहदानी लिन उचित हुने भएको छ ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses