एमाओवादीसहित ३० दलीय मोर्चाले गरेको आन्दोलनमा यसरी भयो प्रहरीद्वारा लाठी चार्ज

भद्रपुर, माघ ८– एमाओवादीसहित ३० दलीय मोर्चाले बिहीवार झापाको सदरमुकाम चन्द्रगडीमा आयोजना गरेको ¥यालीमा प्रहरीले दमन गरेको छ । दिउँसो १ बजे सुरु भएको ¥याली मालपोत कार्यालय अघि पुगेपछि प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गर्दा दर्जनौं प्रदर्शनकारी र सर्वसाधारण घाइते भएका छन्
। प्रहरीको लाठीचार्जपछि करिव दुई घण्टा सरकारी कार्यालय आशपासको क्षेत्र तनावग्रस्त भएको थियो ।  प्रहरीको लाठी चार्जवाट दमक १८ का राम लुईटेल, भद्रपुर –१ की गंगा रायमाझी, मालपोत अगाडी मकै पोल्ने दुर्गा कामती, भद्रपुर –१ का रामचन्द्र महतो, एमाओवादीका नेता गगन पुरी, हल्दिवारीका तुलसी ओली, शनिश्चरेका हरी दाहाल, विद्यार्थी नेता रवि वस्नेत, भक्त खेवाङ, दुर्गी मुखिया, सेहनाज रेयमान, सोनाम राई, मनान सेक, नगेन्द्र राई, कृतिकुमार राजवंशी, भरतसिं राई, जनवहादुर लिम्वु, हाङवहादुर राई, हेम झापाली लगायत सरकारी कामका लागि आएका दर्जनौ सर्वसाधारण पनि घाइते भएका छन् । प्रहरीले लिम्वूवानका नेता सञ्जुहाङ पालुङ्वा र एमाओवादी झापाकी अध्यक्ष धर्मशिला चापागाईलाई समेत लाठी प्रहार गरेको छ । पालुङ्वाको कुहिनामा चोट लागेको छ भने चापागाईको पेटमा चोट लागेको छ । घाइतेहरुको अहिले मेची अञ्चल अस्पताल भद्रपुर र ओम साई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । लाठी चार्जवाट लुईटेलको टाउकोमा गम्भिर चोट लागेको छ भने रायमाझीको देव्रे हात भाँचिएको छ । यस्तै, तुलसी ओली, हरी दाहालको पनि टाउकोमा चोट लागेको छ । गम्भिर चोट लागेका घाइते उपचारकै क्रममा छन् भने अन्य सामान्य चोट लागेकालाई घर पठाइएको अस्पतालले जनाएको छ । यसरी भयो लाठी चार्ज 
जिल्ला प्रसाशन कार्यालय अगाडी धर्नाका लागि गएका प्रदर्शनकारीलाई प्रहरीले मालपोत कार्यालय अगाडी रोकेको थियो । त्यही समयमा मालपोत कार्यालय अगाडीवाट प्रहरीमाथि ढुंगा प्रहार भएपछि सशस्त्र प्रहरीका असई जेआर तामाङको नेतृत्वमा खटिएको टोलीले अन्धाधुन्ध लाठी चार्ज गरेको थियो । तामाङ उत्तेजित हुदै प्रदर्शनकारी र सर्वसाधारणमाथि जाइलागेका थिए । त्यस वेला मालपोत परिसरवाट मुकुन्द दाहाल लगायतका केही व्यक्तिले प्रहरीलाई उत्तेजित पारेको थियो । ¥यालीको नेतृत्व गरिरहेका सञ्जुहाङ पालुङवा, धर्मशिला चापागाई लगायतका नेताले ‘हाम्रो ¥याली शान्तिपूर्ण हो’ भन्दाभन्दै सशस्त्रले लाठी प्रहार गरेको थियो । सशस्त्रका असई तामाङले थप फोर्स मगाएपछि इन्सपेक्टर सिवी कार्की र नेपाल प्रहरीका इन्सपेक्टर सन्तोष चौधरीको नेतृत्वमा थप फोर्स आएको थियो ।
त्यसपछि नेपाल प्रहरीका सन्तोष चौधरीले आदेश दिएपछि प्रदर्शनकारीमाथि दोस्रो पटक लाठी चार्ज भएको थियो । त्यसवेला गगन पुरी लगायतका प्रदर्शकारी घाइते भएका थिए । प्रदर्शनकारीले मालपोतवाट ढुंगा प्रहार गर्ने मुकुन्द दाहाललाई पक्राउ गरि प्रहरीलाई जिम्मा लगाएका थिए । 

,

1 comments

thikka parexa prasan le ajai haat khutta vachnu parne satta ma huda ni kaam nagarny aru lai ni kaam garnu nadiny

Write Down Your Responses