सत्तापक्ष प्रक्रिया थाल्ने तयारीमा, विपक्षी अलमल्याउने रणनीतिमा
January 17, 2015
काठमाडौं । सत्तापक्षले संविधान लेखनका विवादित विषयमा प्रक्रिया थाल्न दबाब दिएपछि छलफललाई लम्बाएर प्रक्रियालाई अलमल्याउने र माघ ८ लाई जसरी पनि टार्ने रणनीतिमा एमाओवादी नेतृत्वको गठबन्धन लागेको छ ।
संवैधानिक तथा सम्वाद समितिको प्रतिवेदनमाथिको छलफललाई लम्ब्याउनका लागि एमाओवादीसहित विपक्षी दलहरूले बोल्ने सभासद्को लामो सूची सभाध्यक्ष सुवास नेम्वाङकहाँ बुझाएका छन्।
शुक्रबार बोल्ने चालिसजनामध्ये अधिकांश विपक्षी सभासद् थिए। कांग्रेसबाट रामचन्द्र पौडेल बोलेका थिए भने एमालेबाट पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गरेका थिए।
एमाओवादीले आफ्ना सभासद्लाई बैठक नछाड्न र अनिवार्य रूपमा बोल्न निर्देशन दिएको छ।
कांग्रेस,एमाले लगायतका सत्तापक्ष भने छलफललाई छोट्याएर प्रक्रिया प्रारम्भ गर्ने तयारीमा जुटेपछि विपक्षी दलहरु अलमल्याउने रणनीतिमा सक्रिय भएका हुन्। कांग्रेस एमाले शुक्रबार नै छलफल सकाउने तयारी थिए।
संवाद समितिको यही प्रतिवेदनमाथि यसअघि झण्डै एक महिना लामो छलफल भएको थियो । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।
.jpg)

0 comments
Write Down Your Responses