पैसाले मात्र धनी होइन, मनले पनि धनी शेष घले

काठमाडौं, पुस २४ – अस्ट्रेलियाको धनी सूचीमा रहेका शेष घलेले आफू पैसाले मात्र होइन मनले पनि धनी रहेको कुरा आज प्रमाणित गरेका छन् । गैर आवासीय नेपाली संघका अध्यक्ष घलेले आफ्नो श्रीमती जमुना गुरुङद्वारा स्थापीत एमआइटी फाउन्डेसनमार्फत १ अर्ब रुपैयाँको परोपकारी कोषको घोषणा गरेका छन् ।
कोषको बारेमा जानकारी दिन फाउन्डेसनले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । फाउन्डेसनका अनुसार उक्त रकम नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरिने छ ।


केही महिना अघि ८ अर्ब रुपैयाँको लगानी गरेका घले कार्यक्रममा आफ्नो विगत सम्झदै केही बेर भावुक बनेका थिए । लम्जुङको दुर्गम गाउँमा जन्मेका घलेले आफ्नो अभाव र संघर्षको विगत सम्झँदै गाउँमा शिक्षा र स्वास्थ्य सेवाको पहुँच नहुँदा आफ्नै बहिनी र साला गुमाउनु परेको तितो भोगाइ सुनाए । उनले भने, ‘आगामी पुसताले हामीले जसतो न्यूनतम स्वास्थ्य र शिक्षाबाट बञ्चित हुन नपरोस् ।’
फाउन्डेसनकी संस्थापक जमुना गुरुङले व्यवस्थित र बृहत ढंगले ‘बिजनेस अफ गिभिङ’को सुरुवात गर्न पाउनु सबैभन्दा खुसीको क्षण भएको बताइन्।
फाउन्डेसनले यो कोषलाई व्यापक बनाउन अरु साझेदारलाई समेत अघि बढाउने बाटो खुला गरेको छ। एमआईटीको अभियानलाई अझै बृहत बनाउन रकमको आकार बढाउँदै लैजाने र अन्य संस्थाले हातेमालो गर्न चाहेको खण्डमा आफ्नो सम्पर्क र संजालको उपयोग गर्न सक्दो प्रयास गर्ने संस्थापकद्वय घलेले बताए ।

0 comments

Write Down Your Responses