चेम्बरले भन्यो -संविधान जारी हुन नसक्नु दुु:खद
९ माघ काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल चेम्बर अफ कमर्शले माघ ८ मा संविधान जारी हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताएको छ ।
संविधान सभाको दोस्रो निर्वाचन पश्चात संविधान निर्माण भई मुलुकमा स्थायी शान्ति हुने अपेक्षाले राष्ट्रिय
तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट आएका लगानीले निजी क्षेत्र केही उत्साहित भएता पनि समयमै संविधान बन्न नसक्दा निजी क्षेत्रलाई थप चिन्ति भएको चेम्बरले जनाएको छ ।संविधान सभाको दोस्रो निर्वाचन पश्चात संविधान निर्माण भई मुलुकमा स्थायी शान्ति हुने अपेक्षाले राष्ट्रिय
राजनीतिक दलहरुको प्रतिवद्धताका वावजुद माघ ८ गते पनि संविधान जारी हुनु सकेन । चेम्वरले अविलम्व संविधान निर्माण गरी मुलुकको आर्थिक विकासको मार्ग प्रशस्त गर्न सरोकारवाला सबैलाई आग्रह गरेको छ ।
‘संविधान निर्माण कार्यमा भएको ढिलाईले राजनैतिक संक्रमणकाल लम्विएको, विकास निर्माणका कार्यहरु अवरुद्ध भएको, रोजगारीहरुका अवसर न्युन भएकोे, सर्वसाधारण नागरिकको दैनिकी थप कष्टकर भएको तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय लगानीकर्ताहरुमा नकरात्मक सन्देश प्रवाह भई अन्तत समग्र आर्थिक क्षेत्र प्रभावित भएको छ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।
.jpg)

0 comments
Write Down Your Responses