रणभूमि बन्यो बानेश्वर ,छिनभरमै मोटरसाईकल खरानी
काठमाडौं, माघ ६ – बन्दकर्ताले राजधानीको बिजुलीबजारमा एक मोटरसाइकल जलाएका छन् ।
हनुमानथाननजिकै अनामनगर पुलबाट विजुलीबजारतिर आउँदै गरेको इस्प्लेन्डर मोटरसाइकल नियन्त्रणमा लिएर बन्दकर्ताले विजुलीबजारमा आगो लगाएका थिए । ट्राफिक प्रहरीहरुले लगाउने खालको पहेंलो टल्कने ज्याकेट भिरेर आएका चालकलाई नियन्त्रणमा लिएर सोध्दा सञ्चारमाध्यमको परिचयपत्र देखाउन नसकेपछि बन्दकर्ताहरुले मोटसाइकल जलाएका थिए । ‘यो नक्कली पत्रकार रहेछ,त्यसैले जलाएका हौं ।’ एक बन्दकर्ताले उत्तेजित शैलीमा भने ।
‘म पत्रकार हुँ भनेपछि हामीले परिचय पत्र माग्यौं उसले देखाउन सकेन,’ अर्का एक बन्दकर्ता थप्दै थिए । बा २० प ८९४९ नम्वरको मोटरसाईकलका चालक बन्दकर्ताले ‘नक्कली पत्रकार मुर्दाबाद’ भन्दै नारावाजी गर्न थालेपछि फरार भएका थिए । चालक पहिले आफू आएकै बाटो अनामनगरतिरको पुल पार गरि सक्दा नसक्दा उनको मोटरसाईकल भने खरानी भैसकेको थियो
.jpg)

0 comments
Write Down Your Responses