नेपाल केन्यासँग ५ विकेटले पराजित
डिभिजन १ मा उक्लने सपना चकनाचुर
काठमाडौं, माघ ९– आइसिसि वल्र्ड क्रिकेट डिभिजन २ मा नेपाल केन्यासँग ५ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १९५ रनको लक्ष्य केन्याले ९० बल बाँकी छदै ५ विकेट खर्चिएर भेट्टायो ।
नेपाल केन्यासँग पराजित भएसँगै डिभिजन १ मा उक्लने सपना चकनाचुर भएको छ । यससँगै अन्तरमहादेशीय कप र विश्व क्रिकेट च्याम्पियनसीप खेल्ने नेपालको सपनामा समेत तुशारापात भएको छ ।
यसअघि टस हारेर ब्याबटिङको निम्तो पाएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १९४ रन बनाएको थियो ।
त्यस्तै शरद भेषवाकर १८, बिनोद भण्डारी १६ रनमै आउट हुँदा आजको खेलको पारी उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हालेका थिए । उनले ११६ बलमा सात चौकाको मद्दतले ९१ रन जोडे भने बसन्त रेग्मी चार, सोमपाल कामी पाँच, शक्ति गौचन आठ र करण केसी शुन्य रनमा आउट भए ।
.jpg)

0 comments
Write Down Your Responses