ज्याकलिनले ३ मिनेटका लागि मागिन १ करोड २० लाख

एजेन्सी ।

बलिउडमा चम्किरहेकी श्रीलंकन सुन्दरी ज्याकलिन फर्नान्डेज बलिउडमा सर्वाधिक महंगी अभिनेत्री बन्ने दिशामा छिन् ।


सलमान खानसँग चलचित्र ‘किक’ मा काम गरेपछि चर्चामा रहेकी ज्याकलिन बलिउडमा चम्किँदैछिन् ।

हालै भारतको उत्तर प्रदेशमा आयोजित सरसफाइ महोत्सवमा बलिउड अभिनेता ऋतिक रोशन, अभिनेत्री परिणिति चोपडाको साथमा त्यहाँ पुगेकी ज्याकलिनले ३ मिनेट नृत्य गर्दा ७५ लाख भारु अर्थात १ करोड २० लाख रुपैयाँ लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बढ्दो मागसँग ज्याकलिनले आफ्नो भाउ बढाएकी हुन् ।

0 comments

Write Down Your Responses