अब राजधानीबाट तराई ४ घन्टामै
५ माघ, काठमाडौँ ।
राजधानी काठमाण्डौंलाई पूर्वी तराईका जिल्लाहरुसंग छोटो दुरीमा जोड्ने धुलखेल सिन्धुली, बर्दिबास सडकको निर्माण कार्य सकिएकोे छ । सडक निर्माण सकिएकाले सिन्धुली, बर्दिबास सडक भएर गन्तव्यमा पुग्न चाहने सबै खाले सवारी साधनको आवगमन खुल्ला गरिएको छ ।
यो सडक भएर धुलिखेलबाट सिन्धुलीमाडी हँुदै महोतरीको बर्दिबास १ सय ५८ किलोमिटरको दुरी पार गर्न सवारी साधनलाई ४ घण्टाको समय लाग्नेछ । सन् २००९ बाट निर्माण कार्य प्रारम्भ गरिएको यो सडक निर्माण हुन छ बर्ष लागेको छ ।
जापान सरकारको आर्थिक तथा प्रविधिक सहयोगमा निर्माण गरिएको यो सडकको मूल ठेकेदार कम्पनीमा जापानस्थित हाजामा ताईसी र हाजामा एण्डो कम्पनी हुन् । यो सडक निर्माणको कन्सल्टेण्टको रुपमा जापानको निप्पोन कोई रहेको थियो ।
सडक निर्माण गर्ने काममा नेपाली ठेकेदार कम्पनीहरु श्रेष्ठ कन्ट्रक्सन कम्पनी र स्वच्छन्द निर्माण सेवाले समेत काम गरेका थिए । यो सडक निर्माण भएपछि पूर्वी जिल्लाहरु काभ्रेपलान्चोक, सिन्धुली, रामेछाप, महोतरी लगायत आधा दर्जन जिल्लाका स्थानीय बासिन्दा प्रतक्ष रुपमा लाभान्वित हुनेछन् ।
.jpg)

0 comments
Write Down Your Responses