अब बोलिन् दीपिका, रणबीर कपुरसँग विवाह गर्न चाहन्छु

 January 16, 2015
 बलिउडका रकस्टार भनिने रणबीर कपुर र उनकी पूर्व प्रेमिका डिम्पल गर्ल भनिने दीपिका पादुकोणको बारेमा सबैलाई थाहा छ । उनीहरुको बाटो अहिले छुट्टिएको छ । रणबीर कथित रुपमा कट्रिना कैफसँग डेट गरिरहेका छन् भने दीपिका पनि कथित रुपमा रणबीर सिंहसँग प्रेमसम्बन्धमा छिन् । तर दीपिका पादुकोणले अहिलेसम्म पनि उनका पूर्व प्रेमीलाई बिर्सन नसकेको उनले गरेका पछिल्ला व्यवहारले पुष्टि गर्ने गर्दछ ।
उनले कट्रिना कैफलाई रणबीरसँग विवाह नगर्न सल्लाह दिएकी छिन् । यति मात्र होइन् उनले आफू रणबीरसँग विवाह गर्न इच्छुक भएकोसमेत बताइन् ।


वास्तवमा, मुम्बईमा आयोजित एक अवार्ड कार्यक्रममा दीपिकासँग कार्यक्रम सुरु हुनुभन्दा पहिले उनलाई कट्रिना कैफ बनेर न्यू इयर रिजोलुसन बनाउन आग्रह गरिएको थियो । केहि समय पनि नलगाई उनले जवाफ दिइन्, ‘रणबीरसँग विवाह गर्न चाहन्छु ।
रमाइलो गर्नका लागि आयोजित यो कार्यक्रममा उनले रणबीरसँग विवाह गर्न चाहन्छु भन्दै सबैलाई हँसाउन खोजेकी हुन् कि कट्रिनासमक्ष आफ्नो मनको कुरा खोलेकी हुन्, यो कुरा दीपिका पादुकोणलाई नै थाहा होला ।

0 comments

Write Down Your Responses