संविधानसभा विघटन गराउने खेलमा को–को ?


काठमाडौं,१० माघ ।  जेठ १४ मा बैठक नै बसाल्न नमानेपछि पहिलो संविधानसभा विघटनका प्रमुख सूत्रधार मानिएका सभामुख नेम्वाङ दोस्रो संंविधानसभालाई पनि विघटन गराउने भयानक योजनामा सहभागी भएका छन् । सत्तारुढ दलहरूको बैठकमा बसेर उनले परामर्श थालेको पछिल्लो घटना पनि यसैको एक कडीका रुपमा लिइएको छ, जसलाई जानकारहरू मर्यादा विपरीत सभामुखको कदम भनेर आलोचना गरेका छन् । अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको गोटीको रुपमा अगाडि आएका सभामुख नेम्वाङले आफ्नो योजनामा भन्दा पनि ती शक्तिकेन्द्रको निर्देशन संविधानसभा बैठक चलाउने, त्यहाँ भिडन्त गराउने र अन्तिमसम्म विघटनमा लैजाने तयारी गरेका छन् । सूत्रका अनुसार एक वर्षभित्र यो संविधानसभालाई विघटनमा पु¥याउन सकिने अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको बुझाइ छ ।


यो खेल कसरी शुरु भएको छ ? यो पनि जानौं । जतिबेला नेपालमा १२ बुँदे समझदारीका लागि पहल भएको थियो, त्यतिबेला भारतमा कंग्रेस आई नेतृत्वको सरकार थियो । दुवैतिरको चासो मिलेको थियो र फलस्वरुप दिल्लीमा १२ बुँदे समझदारी निर्माण भएको थियो । १२ बुँदे समझदारी हुँदा दिल्लीमा कंग्रेस आई थियो भने नेपालको राजनीतिमा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाल र एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड मुख्य योजनाकार थिए । कांग्रेसका हालका सभापति सुशील कोइराला र एमाले हालका अध्यक्ष केपी ओली १२ बुँदेको विरोधी थिए । उनीहरूले गणतन्त्र चाहेका थिएनन् । संघीयता, धर्मनिरपेक्षता उनीहरूको मुद्दा नै थिएन । कांग्रेसभित्र त खुमबहादुर खड्काहरू अहिले पनि हिन्दू राष्ट्रको नारा उचालेका छन्, जसलाई बालकोटबाट ओलीले समर्थन पनि जनाएको बताइन्छ । जसरी नेपालमा १२ बुँदेको विरोधी शक्तिहरू अहिले सरकार र संविधानसभामा छन्, त्यसरी नै भारतमा पनि कट्टरहिन्दूवादी शक्ति भारतीय जनता पार्टी सरकारमा आएको छ ।
उसले पनि नेपाल हिन्दू राष्ट्र नभएको मन पराएको छैन । नेपालमा १२ बुँदे समझदारी, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताधारी शक्तिहरू सरकार र संविधानसभामा भएको बेला नेपाललाई हिन्दू राष्ट्र बनाउने भाजपाको योजना छ । नेपालको संविधानसभाबाट संविधान बनाउँदा आफ्नो मिसन पूरा हुँदैन भन्नेमा भाजपाका कट्टरहिन्दूवादी नेताहरूलाई राम्रोसँग ज्ञान छ । त्यसैले भाजपाको सरकार एकातिर हिन्दूवादीहरूलाई क्रमशः सडकमा उतार्ने, अर्कोतिर कांग्रेस–एमालेलाई प्रक्रियामा अगाडि बढ भनेर भित्रभित्र सल्लाह दिने र बाहिर सहमतिमा अगाडि बढ भनिरहेको छ । यसको सोझो अर्थ हुन्छ– संविधानसभाबाट संविधान सम्भव छैन र विघटनका लागि वातावरण बनाउनुपर्छ । यसका लागि अहिले सबैभन्दा प्रयोग गर्न सजिलो सुशील र केपी रहेको पनि भातरीय खेमामा स्पष्ट छ । जस्तो कि केही दिन अगाडि भारत गएका वाणिज्य मन्त्री सुनिल थापाले भारतीय प्रधानमन्त्री मनमोहन सिंहदेखि कट्टरहिन्दूवादी नेता राजनाथ सिंहसम्मलाई भेटेर नेपालमा सकेसम्म राजसंस्था फर्काउने र हिन्दूराष्ट्र बनाउने मिसनमा सरकार लागिरहेको जानकारी गराएको काठमाडौंस्थित भारतीय दूतावास स्रोतको भनाइ छ ।
त्यसअगाडि एमाले अध्यक्ष ओलीले आफ्ना पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई दिल्लीमा पठाएर आफूहरू पनि १२ बुँदे समझदारीको विरोधी रहेकाले भाजपासँग मिलेर काम गर्न चाहेको सन्देश दिन लगाएका थिए । विद्या दिल्लीबाट फर्केलगत्तै जबर्जस्ती प्रक्रिया शुरु हुनुले पनि सुशील कोइराला र केपी ओली संविधानसभा विघटनका लागि माहोल बनाउन तयार रहेको पुष्टि हुने स्रोतहरू बताउँछन् । त्यसो त चिनियाँहरू पनि संविधानसभाप्रति अनुदारवादी बन्दै गएका छन् । उनीहरू उत्तरमा धेरै प्रदेश बनाउने संविधानसभालाई समर्थन नगर्ने ठाउँमा पुगेको स्रोतहरू बताउँछन् । यस्तो भयानक गेमप्लानमा सभामुख नेम्वाङ आफैं अगाडि सरेका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

0 comments

Write Down Your Responses