संविधान खोज्न बालुवाटार पुगेका ऋषि धमलालाई प्रधानमन्त्रीले थर्काएपछि…

anuary 17,
नेपाल सन्देश संवाददाता । शनिबार एका बिहानै पत्रकार ऋषि धमलाले सवै सञ्चार माध्यमका पत्रकारहरुलाई फोन गरेर प्रधानमन्त्री सुशील कोइरालालाई संविधान जारी गर्न दवावमुलक कार्यक्रम अन्तरगत ज्ञापनपत्र बुझाउने बताए ।
समाचारको खडेरी लाग्दा समाचार पत्रकारहरुलाई समाचार दिने धमलाको कार्यक्रम छुटाउनु पनि कसरी । सबै मिडियाका पत्रकारहरु बिहानै प्रधानमन्त्रीको सरकारी निवास पुगे ।
टेलिभिजनका क्यामेरा पर्सनहरुले फुटेज चाहिने भन्दै उपस्थित भएका सहकर्मीहरुको भिडियो पनि खिच्न भ्याए ।



दलहरुका बीचमा विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्रीले केही बोल्लान् भनेर सञ्चारकर्मीहरु आफ्ना रेकर्डका साधनहरु तैयार पारेर बसेका थिए । यतीकैमा प्रधानमन्त्री कोइराला आए र ऋषिलाई गाली गर्न थाले ।
‘ऋषि, तिमीलाई समयको महत्व थाहा छैन ? प्रधानमन्त्रीलाई ज्ञापन बुझाउन आउँदा समय लिनु पर्दैन ?’ प्रधानमन्त्रीले गाली गर्न थालेपछि ऋषिले पनि ‘पिएम ज्यु मैले समय लिइसकेको छु’ भन्न थाले ।
ऋषिले एक मिनेट भए पनि आफुलाई समय दिन आग्रह गर्दा प्रधानमन्त्रीले धेरै नबोल्न भन्दै थर्काए । ऋषिलाई लागेको थियो प्रधानमन्त्रीले समय दिनेछन् तर, प्रधानमन्त्रीले समय दिएनन् र लागे संविधानसभा भवनतर्फ ।
प्रधानमन्त्रीदे दिउँसो आउन भन्दै हिँडेपछि ऋषिले पत्रकारहरुलाई थम्थप्याए । तर, पत्रकारहरुले पनि उल्टै ऋषिलाई नै गालि गर्दै बाटो तताए ।

0 comments

Write Down Your Responses