पेरिस आक्रमण गर्ने आक्रमणकारीलाई धन्यवाद स्वरुप ८१ करोड दिन तयार हुने यी को हुन्
बहुजान समाज पार्टीका एक नेताले प्रोफेट मोहम्मदलाई जसले गाली बेइज्जत गर्छ उसको चार्ली हेब्डोका कार्टुनिष्ट र पत्रकारहरुको जस्तो हालत हुने चेतावनी दिएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार हाजी याकुब कुरेसीले प्रोफेट मोहम्मदलाई निच देखाउने कुनै पनि व्यक्तिले बाँच्न पाउने अधिकार छैन भन्दै उनले आक्रोस व्यक्त गरेका छन् । उनी भन्छन्, जो कसैले प्रोफेट मोहम्मदलाई निच देखाउँछ उसको भागमा मृत्यु नै हुन्छ । आक्रमणकारीविरुद्ध कानुनी उपचार सुरु नगर्दा नै राम्रो । प्राफेटले सधैँ शान्ती र मायाका सन्देशहरु फैलाउन खोजेका नेता कुरेसीले बताएका छन् ।
सन् २००६ मा कुरेसीले प्रोफेट मोहम्मदका विवादास्पद कार्टुन बनाएको निहुँमा डेनीस कार्टुनिष्टलाई कसैले मार्छ भने उनलाई ८१ करोड रुपैयाँ दिने घोषणा सँगै चर्चाको शिखरमा पुगेका थिए । उनले उक्त अफर सार्वजनिक र्यालीमा दिएका थिए । हिजो बुधबार पेरिसमा भएको हमलालाई सम्बोधन गर्दै उनले आफूले त्यतिबेला घोषणा गरेको रकम अहिलेका आक्रमणकारीलाई दिन तयार भएको बताए । उनी भन्छन्, यदि आक्रमणकारीमध्ये कसैले उक्त रकमको माग गरेको खण्डमा म त्यो रकम ससम्मान दिन तयार छु । उनको यो भनाईमाथि पुलिसले आक्रोस पोख्न सक्ने अनुमान गरिएको छ । उत्तर प्रदेशका पुलिसका अतिरिक्त डाइरेक्टर जनरल मुकुल गोइलले भने, ‘कानुनमा के छ भन्ने हेरबिचार पछि हामीले उनीविरुद्ध मुद्दा चलाउन सक्छौँ ।
.jpg)

0 comments
Write Down Your Responses