श्रीलङकामा राजापाक्षेको राज सकियो : आफ्नै मन्त्रीसंग पराजित
पौष २५, काठमाडौं ।
चुनावी नतिजा आउनुअघि नै श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्षेले आफ्नो हार स्वीकार गर्नुभएको छ । हिजो सम्पन्न निर्वाचनमा परिणाम आफ्नो पक्षमा नदेखिएपछि राष्ट्रपति राजपाक्षेले हार स्वीकार गर्नुभएको हो । अन्तिम परिणाम आउन बाँकी छ । राजापाक्षेले सरकारी निवास समेत खाली गराईसक्नुभएको उहाँका प्रेस सचिवलाई उदृत गर्दै बीबीसीले जनाएको छ । सन २००५ यता लगातार राष्ट्रपति बनेका राजापाक्षले तेस्रो कार्यकालका लागि उम्मेदवारी दिनुभएको थियो ।
राजापाक्षेका पूर्व सहकर्मी तथा स्वास्थ्यमन्त्री माईथ्रीपाला सिरिसेनाको विजय निश्चित रहेको बताईएको छ । सन २००९ मा गृहयुद्ध समाप्त गरेपछि चर्चाको शिखरमा पुगेका राजापाक्षेलाई पछिल्लो समय पक्षपातीको आरोप लाग्दै आएको थियो । श्रीलङ्काको महत्वपुर्ण र प्रभावशाली पदमा परिवार र आफ्न्तलाई मात्रै राखेपछि राजापाक्षेको तिव्र आलोचना भएको थियो ।
.jpg)

0 comments
Write Down Your Responses