संविधानसभाको भिडन्तबारे भारतबाट आयो यस्तो सन्देश
६ माघ, काठमाडौं
नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले नेपालको संविधानसभामा भएको भिडन्तको अवस्थाबारे कडा टिप्पणी गरेका छन् ।
एसडी मूनीले पछिल्लो ट्वीटमा संविधानसभामा भएको तोडफोड राम्रो काम नभएको भएपनि एमाले कांग्रेसप्रति बढी असन्तुष्टी पोखेका छन् ।
उनले घुमाउरो भाषामा माओवादी र मधेशवादी दलहरुलाई बाहिर राखेर प्रक्रिया अघि नबढाउन सुझाव समेत दिएका छन् ।
कुनै पनि पक्षलाई बहिस्करणमा पार्दा त्यसको प्रतिक्रिया उनीहरु एक हुने मुनीको आँकलन छ ।
मुनी नेपाली शान्ति प्रक्रियामा प्रत्यक्ष र परोक्ष भूमिकामा रहँदै आएका भारतीय राजनीतिक विज्ञ हुन् ।
.jpg)

0 comments
Write Down Your Responses