कृष्णबहादुर महराको कडा विज्ञप्ति (विज्ञप्ति सहित)

२ माघ, काठमाडौं ।


आदिबासी जनजाति राष्ट्रिय आन्दोलनका क्रममा रत्नपार्कमा गरिएको प्रदर्शनका क्रममा प्रहरी दमन भएको भन्दै एमाओवादीले कडा आपत्ति जनाएको छ ।


शान्तिपूर्ण जनसभामा प्रहरीले निर्मम लाठी चार्ज गरेको र गिरफ्तारी समेत गरेको भन्दै संयुक्त जनआन्दोलनका संयोजक एवं एमाओवादी महासचिव महराले विज्ञप्ति नै निकालेर विरोध गरेका हुन् ।

सरकारले शान्तिपूर्ण कार्यक्रममा दमन गरेर निरंकुश र फासिष्ठ चरित्र प्रदर्शन गरेको टिप्पणी समेत गरेका छन् ।


विज्ञप्तिमा प्रहरीले गिरफ्तार गरेका चन्द्र गोपाल चेम्जोङ, प्रेम बहादुर बराम, सञ्जय राइ लगायतका नेताहरुलाई रिहा गर्न माग समेत गरेका छन् ।

0 comments

Write Down Your Responses