आज अन्तिम लडाईं हुँदै, संविधान होइन दोहोरो झडप कोसेली
माघ ८
नेपाल सन्देश डेस्क, काठमाडौं । आज दलहरुले पुर्व प्रतिवद्धता जनाएको संविधान जारी हुने दिन । माघ ८ मा संविधान जारी गराएर जनतालाई आर्थिक संमृद्धिको बाटो देखाउँछौं भनेर प्रतिवद्धता जनाएका दलहरु संविधान जारी गर्ने बेलामा कुस्ती खेलेर बसेका छन ।
दलहरुले जनतामाझ गरेको प्रतिवद्धता झुटो सावित भैसकेको छ । आज बस्ने संविधानसभा बैठकमा दोहोरो भिडन्त हुने सम्भावना रहेको छ ।
संघियता बाहेक शासकीय स्वरुप, न्याय र निर्वाचन प्रणालीमा सहमति बनेको अवस्थामा संघियताको विवाद मिलाउनुको साटो दोहोरो भिडन्तको मुडमा पुगेका दलहरुले आज जनतालाई सामुहिक क्षमा याचना समेत गर्ने छैनन् ।
राजनीति बेइमानहरुको हातमा पुगेको भान आम जनताले गरिरहेका छन् र आज साँझ सम्म तै पनि केही हुने हो की भन्ने जन प्रतिक्षा रहने छ ।
.jpg)

0 comments
Write Down Your Responses