हुनै लागेको सहमति भाँडियो
५ माघ, काठमाडौं ।
प्रमुख दलहरुबीच संविधान निर्माणका विषयमा मिल्न लागेको कुरा फेरि भाँडिएको छ । संघीयताबाहेकका विषयमा कुरा मिलिसकेको भएपनि नेताहरुबीच पुनः दरार पैदा भएको बताइएको छ ।
सहमति हुन लागेको भएपनि हिँजोकै सहमतिमा समेत नेताहरु आउन नसकेको बताइएको छ ।
दलहरुबीचको बैठक जारी रहेपनि बैठक स्थलबाट बाहिरिँदै एमाले उपाध्यक्ष विद्या भण्डारीले तत्काल सहमतिको सम्भावना नदेखिएको बताइन् ।
मधेशी मोर्चा र एमाओवादीले संघीयताको विषयमा कुरा नमिलेको उनको भनाइ थियो ।
.jpg)

0 comments
Write Down Your Responses