के तपाईंलाई फलको राजा आँप खादा हुने फाइदा हरु तपाइलाई थाहा छ ?


के तपाईंलाई फलको राजा आँप खादा हुने फाइदा हरु तपाइलाई
थाहा छ ?

आँपलाई फलको राजा फलको राजा पनि भनिन्छ । नभनियोस् पनि किन ?
खाँदा निकै स्वादिलो लाग्ने र सम्भिmँदै मुख रसाउने यो फल

मिठो मात्र होइन निकै गुनिलो पनि छ । आपमा हानिकारक स्याचुरेटेड
फ्याट, कोलेस्टेरोल तथा सोडियमको मात्रा निकै कम हुन्छ । साथै
यसमा फाइबर, भिटामिन बी, भिटामिन ए तथा भिटामिन
सी प्रसस्तै
पाइन्छ । आप खानुका अनेक स्वास्थ्यबर्धक फाइदा छन् । निकै
दुब्लो तथा ख्याउटे भएर चिन्तित भएकाहरुका लागि पनि आँप
लाभदायक हुन्छ र यसले वजन बढाउन समेत सहयोग गर्छ ।
आँपमा पोटासियम, म्याग्नेसियम तथा कपर जस्ता खनिज
लवण प्रचुर मात्रामा पाइन्छ । साथै क्वारसिटिन, बिटाक्यारोटिन र
एस्ट्राग्यालिन जस्ता सरीरलाई आवश्यक पर्ने पोषक
तत्वहरु
पनि आँपमा पाइन्छन् । यो एन्टी अक्सिडेन्ट
तत्वको मुख्य श्रोत
पनि हो जसले सरीरमा कोषको क्षयिकरण रोक्छ र
शारीरिक
तन्दुरुस्ती बढाउँछ ।
- आँपको नियमित सेवनले हृदय सम्बन्धि रोग, छिटै
बुढ्यौली देखिने
समस्या, क्यान्सर जस्ता स्वास्थ्य समस्या समेत कम हुने
विज्ञहरु
बताउँछन् ।
- आँपमा घुलनशील फाइबर पेक्टिन पाइन्छ जसले
रगतमा कोलेस्टेरोलको मात्रा कम गर्ने र ग्रन्थीमा हुने
क्यान्सरबाट
समेत बताउँछ ।
- आपको सेवन मोटाउन चाहनेहरुका लागि समेत
सहयोगी हुन्छ ।
- आँपमा प्रसस्तै क्यालोरी पाइन्छ । आँपमा स्टार्च
पनि पाइन्छ
जो सरीरमा सजिलै चिनीमा परिणत हुन्छ ।
अपच तथा अम्लपना जस्ता समस्या हटाउन पनि आपको सेवन
लाभदायक हुन्छ ।
- रक्तअल्पता भएका विरामीहरुले आँपको नियमित सेवन
गर्नु
फाइदाजनक हुन्छ ।
- गर्भवती महिलाहरुका लागि आँपको सेवन निकै
फाइदाजनक हुन्छ ।
- आँपमा प्रसस्तै आइरन पाइन्छ ।
-पाकेको आँपको गुदी अनुहारमा लगाएर
केही समयपछि पखाल्ने
क्रिया नियमित रुपमा गरेमा अनुहारमा डण्डिफोर आउने समस्या कम
हुन्छ ।
- आँपमा भिटामिन बी ६ प्रसस्त मात्रामा पाइन्छ । जसले
मस्तिष्कको कार्यप्रणालीलाई दुरुस्त बनाउँछ र
स्मरणशक्ति पनि बढाउँछ ।
- सरीरको रोग प्रतिरोधी क्षमता बढाउन
पनि आँपको सेवन
फलदायी हुन्छ ।
- पाकेको आँपमा भिटामिन ए प्रसस्त पाइने भएकाले
यो आँखाको लागि समेत निकै फाइदाजनक हुन्छ ।
- आँपमा भिटामिन इ समेत पाइने भएकाले व्यक्तिको यौन
क्षमता बढाउन समेत आँपको सेवन उपयोगी हुन्छ ।

0 comments

Write Down Your Responses