आज मिति वि.सं. २०७१ माघ ०३ गते शनिबारको राशिफल

आजको राशिफल

वि.सं. २०७१ माघ ०३ गते शनिबार तदनुसार ई. सं. २०१५ जनवरी १७ तारिख, माघ कृष्ण द्वादशी, ज्येष्ठा नक्षत्र, बृश्चिक राशिको चन्द्रमा, बृद्धि योग, कौलव करण
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । विभिन्न समस्याहरू झेल्ने समय छ । समस्याबाट मुक्त भएर बस्न कठिन हुनेछ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । घरायसी काममा समय र धन खर्च हुनेछ । पारिवारिक जीवनमा रमाइलोपना आउने छ । आम्दानीमा कमी हुने छैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आफन्त वा मित्रले आज अप्रत्याशित रुपमा सहयोग गर्नेछन् । जीवनसाथी र बालबच्चासितको सम्बन्धमा देखिएको समस्या समेत निदान हुनेछ ।बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत देखिन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । आजको चिन्तन र उपाय महत्त्वपूर्ण बन्न सक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
धार्मिक वा सामाजिक क्षेत्र वा मित्रवर्ग बाट धोका हुनसक्छ । रगतमा खराबी देखिन सक्छ वा छाला सम्बन्धी रोगले दुःख नदेला भन्न सकिन्न । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आफ्नै जिद्दीपनाले गर्दा काम बिग्रने र छरछिमेकमा असमझदारी बढ्ने सम्भावना समेत छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विद्वान् र प्राज्ञिक व्यक्तिहरूबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । धार्मिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज सामाजिक र व्यक्तिगत प्रतिष्ठामा धक्का लाग्ने सम्भावना छ । पढाइलेखाइको क्षेत्रमा समय दिन सकिने छैन । पारिवारिक तनाव र किचलोका कारण दिक्क लाग्नेछ । नातागोताका व्यक्तिहरु टाढिने छन् । निराशाको भावना सञ्चरण हुनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्दा महँगोमा पर्ने योग छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
शुभ कुराको सङ्केत मिल्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
लामो दूरीको यात्रा हानीकारक हुनसक्छ । यात्राको योजना छ भने बेलुका रात छिप्पिएपछिमात्र थाल्नु बेस हुनेछ, नत्र शरीरमा पीडा हुनेछ । घाउचोट तथा अन्य वस्तुले समेत दुःख दिन सक्छ । दिउँसो अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउनसक्छ । परिवारबाट असहयोग हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आज कुनै याचकलाई खाना खुवाउँदा शत्रुमाथि विजय प्राप्त हुने दिन हो । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।  आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
समय राम्रै छ । साथीभाइसित भेटघाट हुने योग छ । समाजको नेतृत्व बहन गर्नुपर्ने बेला छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । आज जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज प्रेम र भाइचारा जीवन्त तुल्याउने विशिष्ट दिन हो । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । साँझ कुने खोला वा पोखरीका जलजन्तुलाई खानेकुरा दिनुहोस्, जसबाट विशिष्ट व्यक्तिको सहयोग र सल्लाह प्राप्त हुनेछ अनि कुनै महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

0 comments

Write Down Your Responses