बाइसिएलको नारा 'आदेश देउ प्रचण्ड युद्ध लड्न तयार छौं' (फोटो फिचर)

काठमाडौं, फाल्गुन १२ ।
फाल्गुन १६ गते हुने विरोध प्रदर्शनको तयारीका लागि एकीकृत माओवादीले मंगलबार राजधानीमा वाइसीएलको मार्चपास गराएको छ ।

फाल्गुन १६ गतेको आमसभालाई सुरक्षा दिने युवा भन्दै जनार्दन शर्मा र हिसिला यमीको नेतृत्वमा मार्चपास गराइएको हो ।
मार्च पासमा रातो टोपी लगाएका सयौंको संख्यामा रहेका युवा हातमा लाठी लिएर सडकमा घुमेका थिए । उनीहरुले सडकमा चर्का चर्का नारावाजी गरे ।
उनीहरुले लगायका नारा यस्ता थिएः 'सहमतिमै संविधान जारी गर' । 'एकलौटी संविधान मान्दैनौं' । 'आदेश देउ युद्ध लड्न तयार छौं' ।


‘यथास्थिति र प्रतिगमन विरुद्ध संघर्ष गरौं, पहिचान र अधिकारसहितको संघीय संविधान निर्माण गरौं’ भन्ने नारासहित भृकुटीमन्डपबाट सुरु भएको मार्चपास, सहिदगेट, न्यूरोड, रत्नपार्क पुतलीसडक हुँदै पुनः रत्नपार्क पुगेर समापन भएको थियो ।
भृकुटीमन्डप पुगेपछि सहभागीहरुलाई क्यापलगायतका सामग्री वितरण गरिएको थियो ।

0 comments

Write Down Your Responses