त्यो रात पहिलो पटक सरले मलाई बलात्कार गरे
काठमाडौं । ‘हिसाब सिकाइदिन्छु भन्दै सरले बोलाउनुहुन्थ्यो, जाँदा कपाल सुमसुमाउने, छाति मुसार्ने गर्नुहुन्थ्यो,’
आफूलाई पढाउने शिक्षकविरुद्ध बलात्कारको अभियोगमा कारबाहीको माग राख्दै उजुरी दिएकी १४ वर्षिया एक छात्राले भनिन् ‘सर भएकोले केही पनि बोलिन ।
तर हामी मंसिरमा खासा भ्रमण जाँदा एउटै कोठामा सुतेको बेला यौन सम्पर्क गर्नुभयो ।
कास्कीको अर्मला एक जुलेटीस्थित एक उच्च माविको कक्षा कक्षा आठमा पढ्ने छात्राले आफुलाई प्रलोभनमा पारेर शिक्षकले जर्बजस्ती करणी गरेको आरोप लगाउँदै सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी छन्।
किशोरीको उजुरीपछि प्रहरीले पोखरा १६ वाटुलेचौरका अन्दाजी ५५ बर्षिय लक्ष्मण खवासलाई पक्राउ गरेर कारबाही प्रकृया अघि वढाएको छ।
‘अभियुक्त खवास विरुद्व जर्वजस्ती करणी गरेको अभियोगमा कार्वाही प्रकृया था लेका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देविप्रसाद पौडेलले भने ‘प्रमाण आफै वोलिरहेको छ ।
‘ससुराली नजिकै घर भएकी छात्रालाई हिसाव सिकाईदिन्छु भन्दै पाँच कक्षामा पढ्दैदेखि यौन दुब्यृवहार गर्दै आएका पीडित किशोरीले बताइन् । ‘नचाहिने काम गरिसकेपछि एक दुई सय दिनुहुन्थ्यो।’ अन्नपूर्णपोष्ट
.jpg)

0 comments
Write Down Your Responses