नेपालमा अब पाँच सय र हजारका भारु नोट चल्ने

February 24, 2015

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच सय र एक हजार दरका भारतीय नोटमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।
गत भदौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नै उक्त प्रतिबन्ध हटाउने निर्णय भएपनि कार्यन्वयन हुन सकेको थिएन ।


भारतीय रिजर्भ बैंकले एक महिना अघि पाँच सय र १ हजार दलका नोटको प्रतिबन्ध हटाउने नीतिगत निर्णय गर्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

सोही अनुसार मंगलबार सरकारले राष्ट्र बैंकको प्रस्ताव अनुसार निर्देशिका जारी गरेको हो ।

राष्ट्रबैंकको निर्देशिका अनुसार नेपालमा २५ हजारसम्म पाँच सय र एक हजारका भारतीय नोट प्रयोग गर्न सकिने छ । २५ हजारभन्दा बढी भारतीय रुपैयाँ बोकेमा भने त्यो गैरकानुनी हुनेछ ।

0 comments

Write Down Your Responses