गृहमन्त्रालयले दियो बाइसिएललाई कारवाही गर्ने चेतावनी

१३ फागुन, काठमाडौं ।


एकीकृत माओवादीको भातृ संगठन बाइसिएलले राजधानीमा लाठी मार्च गरेको प्रति सरकारले गम्भिर आपत्ति जनाएको छ ।


गृहमन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै ३० दलीय मोर्चाले राजधानीमा लाठीको प्रयोग गर्दै जुलुस निकालेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै अव यस्ता कृयाकलाप गरे कारवाही गर्ने चेतावनी समेत दिएको छ ।


विज्ञप्तिमा भनिएको छः कोही कसैबाट त्यस प्रकारको गैर कानुनी क्रियाकलाप गरेको, संलग्न भएको पाइएमा कानून बमोजिम कारबाही हुने व्यहोरा गृह मन्त्रालय सबैमा जानकारी गराउँदछ ।’


गृह प्रवक्ता लक्ष्मि ढकालको हस्ताक्षर रहेको विज्ञप्तिमा प्रयोग भएको भाषाले एमाओवादी मोर्चाले गर्ने भनिएको फागुन १६ को राजधानीको शक्ति प्रदर्शनमा प्रहरी प्रशासन कठोर बन्न सक्ने संकेत समेत गरेको छ ।

0 comments

Write Down Your Responses