एसिड आक्रमणमा परेका किशोरीकै कारण घटना रहस्यमय बन्दै
११ फागुन, काठमाडौं ।
एसएलसीको तयारीमा ट्युसन पढ्न जाँदा एसिड आक्रमणमा परेर शरिरनै कुरुप बन्न पुगेका दुई घाइते किशोरीकै कारण यो घटना थप रहस्यमय बन्दै गएको छ । कारण हो एसिड आक्रमणमा परेका सिमा बस्नेत र संगिता मगर एक आपसमै आफुलाई आक्रमण नगरेको भन्दै एकअर्कालाई देखाइरहेका छन् ।
दुई किशोरीको यहि भनाईका कारण पनि प्रहरीले हाल सम्म पनि घटनाको दोषी त के घटनामा संलग्नहरुको कुनै पत्तो नै पाउन सकेको छैन । पिडितहरुले मुख छोपेर आएको मानिसहरुले आफूहरु माथी एसीड छ्यापेको भनेका छन् । प्रहरी घटना स्थलमा पुग्न नसकेपछि अस्पतालमै पुगेर बयान लिनु परेको थियो ।
महानगरिय प्रहरी परिसर प्रमुख उत्तम कार्कीका अुनसार बयानका क्रममा छात्राबाट स्पष्ट उत्तर नआउदा प्रहरीलाई अनुसन्धानमा समस्या परिरहेको छ ।
प्रहरीले केही दिनभित्रै आक्रमणकारी समातिने बताएपछि मुखमा काक्स लगाएर आएको र कसलाई लक्षित गरेर आक्रमण भएको भन्नेबारेमा दुई युवतिले एकले अर्कालाई छ्याप्दा परेको र अर्कोले पनि त्यही उत्तर दिनेगर्दा घटनाको तथ्य पत्ता लगाउन समस्या भइरहेको कार्कीले जानकारी दिनुभयो ।
.jpg)

0 comments
Write Down Your Responses