आजको राशिफल : आज मिति २०७१ साल फाल्गुन १२ गते मंगलवार
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मांगलिक कार्यमा सहभागी भइएला। आकस्मिक धनलाभ हुनेछ। सभासम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
सन्तान सुख मिल्नेछ। पेसाव्यवासायबाट प्रशस्त लाभ मिल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
न्यायिक कार्यका अल्झन सुल्झनेछ। खर्चिलो योजना बन्ने योग छ। बुद्धि बढ्नेछ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्यमा सुधारको संकेत देखिन्छ। सांस्कृतिक कार्यमा योगदानको सम्मान हुनेछ। प्राविधिक क्षेत्र सबल रहनेछ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मित्रहरूबाट सहयोगका सम्भावना खुल्नेछन्। लेखन र कलाका क्षेत्रमा सुधार आउने देखिन्छ। स्थानान्तरणको योग छ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
वैचारिक मतभिन्नता उत्पन्न हुनसक्छ। वैदेशिक व्यापार व्यवसायमा अल्झन देखा पर्नेछन्। साहित्यिक कार्य प्रभावकारी रहनेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
शारीरिक परिश्रम बढ्नेछ। कार्यमा ढिलासुस्ती व्यहोर्नुपर्नेछ। आय आर्जनमा सन्तुष्टि मिल्ने छैन।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। पदोन्नतिको योग छ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
व्यापारव्यवसायमा अवरोध सिर्जना हुने देखिन्छ। जागिरमा स्थायित्व हुनेछ। धार्मिक कार्यमा आस्था बढ्नेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
अध्ययनअध्यापनमा प्रगति हुनेछ। लेखनमा रुचि बढ्नेछ। यात्राका योजना बन्नेछन्।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
मानसम्मान पाइनेछ। अधुरा काम बन्नेछन्। मित्रसँग भेट हुनेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
राजनीतिमा आलोचना सामना गर्नुपर्ला। स्वास्थ्यमा खर्च बढ्नेछ। व्यापारव्यवसाय सामान्यमा रहनेछ।
.jpg)

0 comments
Write Down Your Responses