३ श्रीमती, २० गर्लफ्रेन्ड !
१२ फागुन, काठमाडौं ।
बिहे र प्रेमको नाटक गरेर वर्षौदेखि ठगी धन्दा चलाउँदै आएका युवक पक्राउ परेका छन् । व्यक्तिपिच्छे फरक–फरक परिचय दिई ठगी गर्दै आएका झापा धरमपुर–२ का वीरबल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा उनका तीन श्रीमती र २० भन्दा बढी गर्लफ्रेन्ड भएको खुलेको प्रहरीले जनाएको छ । तीमध्ये १३ जनाले प्रेमको नाटक गरी बलात्कार र ठगी गरेको भन्दै तामाङविरुद्द प्रहरीमा उजुरी दिएका छन् ।
केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का अनुसार उनीविरुद्द ७२ लाख रुपैयाँ ठगीको उजुरी परेको छ । दुई जनाले जवरजस्ती करणीको जाहेरीसमेत दिएका छन् ।
आफूलाई धनाढ्य व्यक्तिको रुपमा प्रस्तुत गरेर उनी युवतीहरुसँग नजिकिने गर्दथे । भाडाका कार चढ्ने तामाङले विभिन्न बहानामा गर्लफ्रेन्डहरुको पैसा थुत्ने र लाखौं हात पारेपछि छाडिदिने गर्दथे ।
सिआइबीका डिएसपी भीम दाहालका अनुसार आफ्ना आमाबाबु बेलायत र आफ्नो हङकङ आडी भएको भन्दै उनले युवतीहरु फसाउँथे । आजको नयाँ पत्रिकामा खबर छ ।
.jpg)

0 comments
Write Down Your Responses