आन्दोलनका लागि सेना तयार गर्ने प्रचण्डको उद्घोष
काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूहरुको आन्दोलनका लागि सेना तयार गर्न लागेको बताएका छन् । उनले आन्दोलन भने शान्तिपूर्ण हुने दावी गरे ।
सोमबार ललितपुरमा अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यक्रममा अध्यक्ष दाहालले आफूहरुले तयार गर्ने सेना सरकारको व्यवहार अनुसार अघि बढ्ने तर्क गरे ।
सरकारले आफ्नो आन्दोलनलायृ कस्तो व्यबहार गर्छ त्यहि अनुरुप आफ्नो सेना अघि बढ्ने दहालको भनाई थियो ।
अध्यक्ष दाहालले बम, बारुद र बन्दुकले नगलेको आफू काँग्रेस–एमालेको आँशुबाट गलेको बताए । उनले कांग्रस एमाले आफुसंग गिडगिडाएको टिप्पणी गरे ।
दाहालले वृहत शान्ति सम्झौता नबुझेकाहरुले एमाओवादीलाई संविधानसभाबाट जवर्जस्ती बाहिर धकेल्न खोजेको अरोप लगाउदै कुनै पनि हालतमा संविधानसभा नछोड्ने बताए ।
उनले संविधानसभा र सडकबाट जनपक्षीय संविधान जारी गरेरै छाड्ने दावी गरे ।
.jpg)

0 comments
Write Down Your Responses