एकै परिवारका १४ जना जेलमा, जसले २७ गैडा मारे
तपाइको नाम भक्तराज गिरी कि राजकुमार प्रजा?
मेरो नाम राजकुमार प्रजा नै हो ।
के गर्नुहुन्छ ?
पहिले त गैडा मार्थे अहिले मलेसिया आएको छु ।
प्रहरीले पक्राउ गरेको छ कस्तो लागेको छ ?
मलाई गर्व लागेको छ, इन्टरनेसनल मान्छे भएजस्तो लागेको छ । मलाई यहाँ आएर पक्राउ गर्नुभएको छ ।
अब के गर्नुहुन्छ ?
पहिला म अशिक्षाले गर्दा यस्तो काममा लागे, अब गैडा संरक्षणबारे जनचेताना फैलाउने काम गर्छु ।
नयाँ पत्रिका दैनिकमा समाचार छ । माथिको संवाद नेपाल प्रहरीका अधिकारी र २ साताअघि मलेसियामा पक्राउ परेका राजकुमार प्रजाको हो । मोस्ट वान्टेड सूचीमा राखेको ४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ, मलेसियन प्रहरीको सहयोगमा ।
पछिल्लो चार वर्षयता उनले आफूलाई भक्तराज गिरीको नामले चिनाउँदै आएका थिए । प्रहरीबाट जोगिन उनले गिरीको नाममा पासर्पोट बनाएर मलेसिया गएका उनी २७ वटा गैडा मार्न सम्लग्न ब्यक्ति हुन । २० वटा उनी आफैँले मारेर खाग विक्री गरे । ४ वटा अरुको मारेको गैडाको खाग काटेका थिए । ३ वटा खाग अरुबाट किनेका थिए ।
प्रहरी अधिकारीका अनुसार राजकुमारको परिवार नै गैंडाको सिकार र खाग तस्करीमा संलग्न हुँदै आएको थियो । त्यही अभियोगमा परिवारका अधिकांश सदस्य जेलमा छन् । राजकुमारका चार दाजुभाइ छन्,जो सबै जेलमा छन् । राजकुमारका चार मामा पनि जेलमा नै छन् । भिनाजु मुडे साहिँला भनिने चन्द्र प्रजा पनि खाग तस्करीमा जेलमै छन् ।
.jpg)

0 comments
Write Down Your Responses