चोकमै सभासदको सामूहिक श्राद्ध (तस्विर सहित)

८ फागुन, रौतहट ।


जनताबाट संविधान निर्माणका लागी निर्वाचित सभासदहरुले बाचा गरेको मितिमा संबिधान जारी नगरेको भन्दै एक व्यक्तिले रौतहटमा ६०१ सभासदहरुको श्राद्ध गरेका छन । हेटौडा नगरपालिका २ घर भएका ४४ बर्षिय राकेश कुमार अधिकारीले चन्द्रनिगाहपुरको मुख्य चोकमा सभासदहरुको श्राद्ध गरेका हुन ।

जनतालाई दिएको भाका माघ ८ मा संबिधान जारी नभएपछि सबिधान सभा मृत भएको भन्दै अधिकारीले १३ औ दिनको काम यस अघि माघ १९ गते जनकपुरमा गरेका थिए । आज एक महिने तिथी भन्दै उनले चन्द्रनिगाहपुरमा सबै सभासदको सामूहिक श्राद्ध गरेका हुन ।



हिन्दु संस्कार अनुसार शर्माले मुख्य चोकमा ब्राम्हण ल्याएर कालो बस्त्र धारण गरेर सभासदहरुलाई कालो पिण्ड अर्पण गरेका थिए । स्थानीय दुर्गा मन्दिरका पुजारी मुन्नालाल तिवारीले पंण्डितका रुपमा मन्त्र उच्चारण गर्दै श्राद्ध गराएका थिए ।

पहिलो संविधान सभा निर्वाचन देखि हालसम्म संविधान निर्माणको नाममा संविधान सभाको भत्ता, तलब, सबै सेवा सुविधाहरु लिन र संविधान सभालाई भत्ता खाने थलो बनाएको तथा राज्यकोष ढुकुटी रित्याउन र सिध्याउने काम गरेको उनको तर्क छ ।

आफु लाइ स्वतन्त्र नेपाली नागरिक भन्ने अधिकारीले अघिल्लो संबिधान सभाले सबिधान नदिएपछि देशका बिभिन्न ठाउमा सभासदहरुको श्राद्ध गरेका थिए ।

0 comments

Write Down Your Responses