भ्रष्टाचार अभियोगमा एन्फा अध्यक्ष गशेश थापालाई अख्तियारको सफाई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अखिल नेपाल फुटवल संघका अध्यक्ष गणेश थापालाई भ्रष्टाचार अभियोगमा सफाई दिएको छ । आयोगले अखिल नेपाल फुटवल  संघभित्र उनले कुनै प्रकारको आर्थिक अनिमितता नगरेको ठहर भष्टाचार अभियोगबाट सफाई दिएको छ ।


अनुसन्धान, तहकिकात  गर्दा थापाले आर्थिक अनिमितता गरेको देखिन आएन, आयोगले आइतबार थापालाई सफाई दिदै भनेको छ आठ महिनाअघि परेको उजुरीमा छानविन गर्दा कुनै कसुर देखिएन ।
एन्फा अध्यक्ष थापाविरुद्ध आठ महिना अगाडि आयोगमा उजुरी परेको थियो भने । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले पनि थापाको आर्थिक अनिमितता छानविन गर्न आयोगलाई लिखित पत्राचार गरेको थियो ।

तर आयोगले गम्भिरतापूर्वक वस्तुनिष्ठ भई अनुसन्धान गर्दा तत्काल प्राप्त प्रमाणका आधारमा भ्रष्टाचारजन्य कसुरमा कारबाही गर्नुपर्ने अवस्था नदेखिएको जनाएको छ । आयोगले खेलाडी कल्याण कोषको संचालनको लागि तत्काल कार्यविधि बनाई लागू गर्न, कर्मचारी तथा आर्थिक विनियमावली बनाई लागू गर्न, घर तथा गाडी भाडामा लिंदा–दिंदा प्रतिस्पर्धात्मक प्रक्रियाको अबलम्वन गर्न निर्देशन दिएको छ ।

0 comments

Write Down Your Responses