शक्ति कपुरको झुटो मृत्युको खबरले सनसनी!
प्रकाशित मिति: आइतबार, फाल्गुण १०, २०७१
बलिउड कलाकारहरुको विभिन्न समयमा आउने आफ्नो मृत्युको झुठो खबरले हैरानीमा पर्ने गरेका छन्। पछिल्लो समय नकारात्मक भूमिकाका लागि प्रसिद्द अभिनेता शक्ति कपुर यस हल्लाको सिकार भएका छन। शनिबार सामाजिक संजालमा फैलिएको उनको मृत्युको खबरले खलबली मच्चियो। अन्तमा शक्ति कपुर स्वयमंले उक्त हल्ला साम्य पार्नुपर्यो।
शनिबार लोनावला जाने क्रममा कार दुर्घटनामा परी शक्ति कपुरको निधन भएको खबर सामाजिक सञ्जाल व्हाट्स एपमा एकाएक फैलियो। सो हल्ला चले लगत्तै शक्ति कपुरको घरमा उक्त खबरका बारेमा बुझ्न लगातार फोनको घण्टी बज्न थाल्यो जसका कारण शक्तिको परिवारमा शनिवार तना बन्यो। यस खबरबाट शक्ति कपुर निराश बने।
अन्तत: खबरलाई साम्य पार्न शक्ति कपुरका छोरा सिद्धार्थ कपुरले आफ्ना पिता जिउँदो रहेको ट्वीट गरे। यस प्रकरणमा बोल्दै शक्ति कपुरले भने, ‘व्हाट्स एपमा आएको मेरो मृत्युको झुठो खबरले म भन्दा पनि मेरो परिवार, नातेदार, साथीहरु तथा प्रशसंकहरु आहतमा परे। भगवानको दयाले म एकदमै ठीक छु। मेरो मृत्युको खबर एकदमै झुटो हो।’
यस हल्लाबाट यसअघि अमिताभ बच्चन, माधुरी दीक्षित, दिलिप कुमार, लता मंगेशकर, क्याटरिना कैफ जस्ता बलिउड हस्तीहरुको पनि मृत्युको झूठो खबर फैलिएको थियो।
.jpg)

0 comments
Write Down Your Responses