१० फागुन, काठमाडौ ।
प्रधानमन्त्री सुशील कोइरालाले संघीय गणतन्त्रात्म लोकतान्त्रिक संविधान आउनेमा कुनै सन्देह नरहेको बताए । उनले माघ ८ मा संविधान ल्याउने सबैको प्रतिबद्धता थियो किन आउन सकेन सबैलाई थाहा भैसकेको बताए ।
प्रधानमन्त्री कोइरालाले आज धादिङ्गको बैरेनीमा गणेशमान जन्मशताब्दीका अवसरमा नेपाली कांग्रेस धादिङ्गद्वारा आयोजित गणेशमान बलिदान पदयात्रा कार्यक्रममा भने संविधान आउँछ आउँछ आउँछ लोकतान्त्रिक संविधान नै आउँछ यस पटक हामीले गरेरै देखाउने दावी गरे ।
मुुलुकमा शान्ति स्थापना गर्न सबैको प्रयास हुनुपर्ने बताउदै हात जोडेर भने शान्तिको निमित्त सबैको प्रयास जरुरी रहेको बताए । कार्यक्रममा प्रधानमन्त्री कोइरालाले तरुण युवाहरुको काँधमा जिम्मेवारी आएको भन्दै आन्दोलन र तोडफोडबाट मुलुकलाई बचाउन आग्रह गर्दै शान्ति भए मुलुकमा बिकास हुने दावी गरे ।
प्रधानमन्त्री कोइरालाले मुलुकमा शान्ति, स्थिरता, अमनचयन, रोजगारी, लोकतान्त्रिक शासन पद्धति, लोकतान्त्रिक संविधान र विकास चाहिएको पनि बताए । उनले मुलुकमा विकासको लहर आएको बताउँदै नेपाल विकासको युगमा प्रवेश गरेको दाबी गरे ।
प्रधानमन्त्री कोइरालाले मुलुकका अपार प्राकृतिक सम्पदाको सदुपयोग गर्न नसकिएकोले मुलुकको विकास नभएको प्रष्ट पार्दै विगतमा लोकतान्त्रिक शासन पद्धति नभएको र दिगो शान्ति र राजनीतिक स्थायित्व पनि नभएकोले विकास हुन नसकेको बताए । उनले मुुलुकका शान्ति र स्थायित्व कायम भए अब नेपालमा नै रोजगारीको सिर्जना हुने र विदेशिएका ३० देखि ३५ लाख नेपालीलाई पनि स्वदेशमा नै रोजगारी दिन सकिने दावी गरे ।
प्रधानमन्त्री कोइरालाले नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह प्रजातन्त्र, जनता र मुलुकका प्रति गर्नुभएको बलिदान सबै नेपालीको लागि प्रेरणादायी हुन सकोस भनेर नेपाली कांग्रेसले जन्म शताब्दीका अवसरमा गणेशमान बलिदान पदयात्रा आयोजना गरेको बताए ।
.jpg)

0 comments
Write Down Your Responses