यी हुन् आफ्नै आमाको हत्या गर्ने छोरा !


झापा, १० फागुन । झापाको डागीवारीका एक व्यक्तिले मादक पदार्थ सेवन गरी आमाको हत्या गरेका छन् ।

डागीवारी–८ निवासी ३३ वर्षीय बुद्धिमान राईले ६८ वर्षीया आमा फूलमाया राईलाई कञ्चटमा चिर्पटले हिर्काएर हत्या गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सञ्जयबहादुर राउतले जानकारी दिनुभयो ।

राउतका अनुसार बुद्धिमानले गत ८ गते शुक्रबार साँझ मादक पदार्थ सेवन गरी आमाको कञ्चटमा चिर्पट प्रहार गर्दा उनको कान चुँडिएको थियो । 

छोराको चिर्पट प्रहारबाट गम्भीर घाइते भएकी फूलमायाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।
आमामाथि चिर्पट प्रहार गर्ने राईलाई प्रहरीले पक्राउ गरेको छ ।

0 comments

Write Down Your Responses