हस्तमैथुनले निको हुन्छ खुट्टाको रोग
एजेन्सी– यौन सन्तुष्टिको माध्यमको रुपमा रहेको हस्तमैथुन केवल यौनिक रुपमा मात्र लाभदायी छैन यो विभिन्न खालका मानसिक तथा शारीरिक स्वास्थ्य समस्याको पनि अचूक समाधान हो ।
पछिल्लो अनुसन्धानले हस्तमैथुन खुट्टा हल्लिरहने रोगीका लागि निकै लाभदायक हुने तथ्य पत्ता लगाएको छ ।
खुट्टा हल्लिरहने रोग अर्थात् रेस्टलेस लेग सिन्ड्रोम आरएलएस भएका मानिसहरुका लागि नियमित हस्तमैथुनले निकै फाइदा पूर्याउने अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।
आरएलएस एउटा निकै समस्याग्रस्त नशारोग हो, जसका कारण मानिसले खुट्टा स्थिर गराउन सक्दैन र हल्लिरहन्छ । अमेरिका र युरोपमा समेत १० प्रतिशत जति मानिस यो समस्याबाट पीडित छन् ।
यो समस्याबाट पीडितहरुले खुट्टाको तल्लो भागमा चिलाएजस्तो, टोकेजस्तो तथा बिझाएजस्तो अनुभुति गर्छन् जसका कारण उनीहरुले जतिबेला पनि खुट्टा हल्लाइरहन्छन् । यो समस्या डोपामाइन हर्मोनको गडबडीका कारण देखा पर्ने गरेको विज्ञहरुको भनाइ छ ।
.jpg)

0 comments
Write Down Your Responses